Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बैंक र प्रहरी कल्याण महाशाखाबीच सम्झौता

नेपाल बैंक र प्रहरी कल्याण महाशाखाबीच सम्झौता


काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाबीच बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ । बैंकका अनुसार मंगलबारका दिन प्रहरी प्रधान कार्यालयमा भएको सम्झौतामा नेपाल बैंकका प्रमुख वित्त अधिकृत प्रकाशकुमार अधिकारी र नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक रेवती ढकालले हस्ताक्षर गरेका हुन् ।

सम्झौताबमोजिम नेपाल प्रहरीअन्तर्गतका विद्यालयहरूमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले सहुलियतसहितको विभिन्न सुविधा रहने तलब खाता खोली बैंक नियमानुसार विनाधितो कर्जा तथा अन्य बैंकिङ सुविधा पाउन सक्ने बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x