Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारगण्डकी प्रदेशडिभिजन वन कार्यालय गोरखाबाट एक करोड ३७ लाख राजस्व संकलन

डिभिजन वन कार्यालय गोरखाबाट एक करोड ३७ लाख राजस्व संकलन


पोखरा । डिभिजन वन कार्यालय गोरखाले आर्थिक वर्ष २०८०/८१ मा एक करोड ३७ लाख २१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । सबैभन्दा धेरै निजी वनको मूल्य अभिवृद्धि करअन्तर्गत एक करोड एक लाख ८६ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख मदनमोहन शाण्डिल्यले जानकारी दिए । यस्तै, वन क्षेत्र रोयल्टीबापत २३ लाख संकलन भएको उनले बताए ।

यसैगरी निजी तथा सामुदायिक वन प्रदेश सेवा शुल्कअन्तर्गत १० लाख ४३ हजार र राष्ट्रिय वनको काठ दाउरा बिक्रीबाट एक लाख ८९ हजार राजस्व संकलन गरिएको कार्यालय प्रमुख शाण्डिल्यले जानकारी दिए । आर्थिक वर्ष २०८०/८१ मा कार्यालयको वित्तीय प्रगति ६९ प्रतिशत रहेको उनले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारबाट चार करोड २४ लाख ४० हजार र संघीय सरकारबाट एक करोड ३० लाख ३९ हजार गरी पाँच करोड ५४ लाख ७९ हजार बजेट आएको थियो । जसमध्ये तीन करोड ८१ लाख ५५ हजारमात्र खर्च भएको छ । कार्यालयको भौतिक प्रगति भने ८५ प्रतिशत रहेको उनले बताए ।

प्रदेश सरकारले कार्यक्रमतर्फ (पुँजीगत खर्च) का लागि विनियोजन गरेको रकममा ९७ दशमलव ९१ प्रतिशत वित्तीय प्रगति रहेको छ । चालू खर्च (प्रशासनिक खर्च) को वित्तीय प्रगति भने ६३ दशमलव ३५ प्रतिशत मात्र रहेको बताइएको छ । यस्तै, विकासतर्फ शतप्रतिशत प्रगति रहेको र आवश्यक कर्मचारी पद रिक्त रहेकाले चालू खर्चको प्रगति कम हुन गएको कार्यालय प्रमुख शाण्डिल्यले बताए ।

कार्यालयलाई आवश्यक कर्मचारीको पद रिक्त रहेकाले चालू खर्चको वित्तीय प्रगति कम हुन पुगेको हो । उनले भने, ‘त्यसैले कार्यालयको समग्र वित्तीय प्रगति कम देखिएको हो ।’ संघ सरकारबाट आएका कार्यक्रम भने सञ्चालन गर्न नसक्ने अवस्था आएकाले प्रगति कम देखिएको उनले बताए । वातावरण अनुकुलता नै नहेरी पहुँचका आधारमा ल्याएका केही संघका कार्यक्रम सञ्चालन हुन नसकेका कारण प्रगति कम देखिएको उनले बताए । संघको प्रशासन (चालू खर्च) तर्फ ९१ र कार्यक्रम (पुँजीगत) तर्फ ७० प्रतिशत प्रगति रहेको उनले जानकारी दिए ।


क्याटेगोरी : समाचार, गण्डकी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x