कमला नदीमाथि पुल निर्माणको माग गर्दै इन्जिनियर नै प्रदर्शनमा
गोलबजार । हुलाकी राजमार्गअन्तर्गत सिरहा धनुषा जोड्ने कमला नदीमा पुल निर्माणको माग गर्दै सिरहाको सदरमुकाममा बिहीबार प्रदर्शन भयो । कमला पुल निर्माण संघर्ष समितिको आह्वानमा प्रदर्शन भएको यो पहिलो पटक होइन । यहाँ पटक–पटक यस्तै आन्दोलन तथा प्रदर्शन भइरहेका छन् ।
यस पटक प्रदर्शनमा सहभागीहरूले पटक–पटक गरिएका प्रदर्शन र विरोध सुनिदिने राज्यको निकायमा कोही छ र ? भनी आफैँसँग प्रतिप्रश्न गरिरहेका थिए । ‘भासिएको कमला पुल राष्ट्रिय गौरवको आयोजना किन राज्यले अड्काएर राखेको ? यो कस्तो नीति हो, एउटा पुलको केही भाग बनाउन पनि बर्सौँ लाग्ने ?’, सिरहाका ललित यादवले प्रश्न गर्दै भने, ‘१४ वर्षमा एउटा पुल बनाई जनतालाई हस्तान्तरण गर्न नसक्ने कुरै भएन । यहाँ इच्छाशक्तिको कमी वा नेतृत्वको नियतमा खोट भएकाले हामी प्रदर्शन गर्न बाध्य छौँ तर सुनिदिने कसले ?’
भासिएको पुल निर्माणका लागि स्थानीयले सुरूदेखि नै विभिन्न माध्यमबाट ध्यानाकर्षण गराइरहेका छन् । ‘पुल नहुँदा हामीले वर्षौँदेखि सास्ती खेप्दै आएका छौँ, सरकारले आफैँ सोच्नुपथ्र्याे तर हामीले आन्दोलन गर्दा पनि सुनुवाइ भएको छैन, यो दुर्भाग्य हो’, संघर्ष समितिका संयोजक इन्जिनियर प्रवीण यादवले भने ।
पटक–पटक माग सुनुवाइ नभएपछि अब निर्णायक संघर्षमा उत्रिनुपर्ने अवस्था आएको उनको भनाइ छ । ‘बिहीबार जिल्लामा प्रदर्शन ग¥यौँ, अब आइतबार सिरहाको बसबिट्टाबाट धनुषाको जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म मोटरसाइकल जुलुससहित सरोकारवाला निकायलाई झकझक्याउन जाँदैछौँ’, संयोजक यादवले भने, ‘हाम्रो आवाज कसले सुन्ने हो ? नजिकको सरकार त प्रदेश नै हो, त्यसैले त्यहाँ ध्यानाकर्षण गर्छौँ । त्यसपछि थप रणनीति बनाउँछौँ ।’
कमला नदीमा बनेको पुल उद्घाटनका लागि ठीक्क पारेका बेला बाढीले विसं २०७८ असार १७ गते पुलको पाया भासिएको थियो । तीन वर्ष बितिसक्दा पनि त्यसको पुनर्निर्माण हुनसकेको छैन ।
यहाँ चार सय ७० मिटर लामो र ११ मिटर चौडाइको पुल साढे तीन वर्षभित्रै निर्माण गरिसक्ने गरी २४ करोड ९१ लाखमा विसं २०६८ मङ्सिरमा पुलको शिलान्यास भएको थियो । विसं २०७५ पुसमा रामरिझन यादवको नेतृत्वमा हुलाकी सडक संघर्ष समितिले रिले अनशन थालेपछि हुलाकी राजमार्ग निर्देशनालयले पप्पु कन्स्ट्रक्सनबाट ठेक्का खोसेर २०७६ असोज १ मा लुम्बिनी बिल्डर्स कन्स्ट्रक्सनलाई २०७८ असार १३ भित्र काम सक्नेगरी जिम्मा लगाएको थियो । पटक–पटक म्याद थपेर अन्तिम चरणमा पुगेको बेला पुल भासिएपछि हालसम्म निर्माण हुनसकेको छैन ।
यस पटक पुल निर्माणका लागि सिरहाका सरकारी निकायमा कार्यरत इन्जिनियरहरूले नै संघर्ष सुरू गरेका छन् । यहाँका इन्जिनियरहरूले नेपाल इन्जिनियरिङ एसोसिएनको चुनाव पनि बहिष्कार गर्दै दबाब बढाउने निर्णय गरेका छन् । हुलाकी सडकखण्डमा सप्तरी, सिरहा र धनुषातर्फ सडक कालोपत्र भई सञ्चालनमा रहे पनि कमला पुल बन्न नसक्दा समस्या भइरहेको छ ।
क्याटेगोरी : बिबिध, मधेश प्रदेश
ट्याग : #page 2
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया