नेपाललाई नै गिज्याइरहेको जमलको एक साइनबोर्ड
काठमाडौं । संघीय राजधानी काठमाडौंको मुटु रानीपोखरीको छेउ जमलमा रहेको एउटा साइनबोर्डले काठमाडौंलाई मात्र होइन पूरै नेपाललाई नै गिज्याइरहेको छ । साइनबोर्डमा केवल नेपाल सरकारो मधुरो–मधुरो लोगो देख्न सकिन्छ । केही समयअघि यो लेखकले साइनबोर्डमा लेखिएका अक्षरहरू नियाल्दा अस्पष्ट अवस्थामा माथिल्लो लाइनमा राष्ट्रिय पुस्तकालय र तल्लो लाइनमा भवन निर्माणस्थल भनी उल्लेख गरेको पाएको थियो । भवन निर्माणस्थल भनिएको साइनबोर्ड रहेको स्थानमा पहिले त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय थियो । जहाँबाट कुनै बखत हामीहरू विद्यार्थी हुँदा त्यहीँबाट ट्रान्सक्रिप्ट पाउने गर्दथ्यौँ । साथै, दीक्षान्त समारोहका लागि गाउन र टोपी पनि प्राप्त गथ्र्यौँ । अहिले त्यहाँ रहेका पुराना भवनहरू कुनै जीर्ण अवस्थामा छन् त कुनै भत्किसकेका देखिन्छन् । कान्तिपथमा ओहोरदोहोर गर्ने पैदल यात्रुहरूको आँखा त्यस साइनबोर्डमा परे तापनि कसैलाई पनि सो विषयमा सोच्ने फुर्सद नै कहाँ हुन्थ्यो र ? सरकारी निकायहरूका कैयन साइनबोर्डहरू खुइलिएका छन्, अक्षरहरू मेटिएका छन् । त्यतातिर न कार्यालय प्रमुखको ध्यान जानेगरेको छ न त सम्बन्धित शाखा हेर्ने अर्थात् जिन्सी शाखाको कर्मचारीको नजर नै परेको छ ।
जमलको यो साइनबोर्डमा विदेशी नागरिकको आँखा परेको पनि हुन सक्छ । कोहीकोही विदेशी नागरिकले यो साइनबोर्ड देखेर मनमनै सोच्दा हुन् । ‘नेपालमा सरकार छैन कि क्या हो !’ खासमा भन्नुपर्दा जमलको त्यो साइनबोर्ड कुशासनको एउटा नमुना हो । संघीय सरकार गिराउने पालैपालो सत्तामा जाने, प्रदेश सरकारहरू धेरै समय टिक्दैनटिक्ने, मन्त्रीहरूले अनुभव बटुल्न नपाउँदै पदमुक्त हुने, कर्मचारी प्रशासन र प्रहरी प्रशासन उथलपुथल पार्ने, कूटनीतिज्ञहरू बीचमै खुस्किने अवस्था हेर्दा नेपाल र नेपालीहरूको भविष्य उज्ज्वल छँदैछैन । पालैपालो सत्तामा गएर एकले अर्कोलाई बदला लिने, जनताका समस्याहरूतर्फ खासै चासो नदिने । राष्ट्रिय परिचयपत्रका लागि फाराम भरेको तीनवर्ष हुन लाग्दा समेत परिचयपत्र नपाइने अर्थात् त्यसतर्फ गम्भीर नहुने, नक्कली लाइसेन्समा हाकिमहरूकै संलग्नता हुने, विश्वविद्यालयहरूमा पटकपटक तालाबन्दी भइरहने । हवाईजहाज दुर्घटनामा छानबिनका लागि आयोग बन्ने तर बस दुर्घटना सम्बन्धमा आयोग नबन्नु विडम्बना हो ।
महाराजगञ्जको एउटा ट्राभल एजेन्सीले कुनैबेला आफ्नो संकेतपाटी अर्थात् साइनबोर्डमा अंग्रेजीमा त्चबख िलेखेको देखिन्थ्यो । जसमा अंग्रेजी ‘बु शब्द नै गायब थियो । अन्तर्राष्ट्रिय सरोकार राख्ने संस्थाहरूको त यो हविगत छ भने अरूको के होला ? सहरमा पाइलापाइलामा रहेका साइनबोर्डहरू हेर्दा भाषा आयोगको के काम ? शिक्षा मन्त्रालयको के काम ? नेपाली भाषाअन्तर्गत व्याकरण विषयको पढाइको के काम ? भन्ने लाग्छ । साइनबोर्डमा सामग्रीको स्थानमा सामग्री उल्लेख गर्ने, इलेक्ट्रोनिक्स उल्लेख गर्नुपर्नेमा इलेक्ट्रोनिक्स उल्लेख गर्ने, त्यस्तैत्यस्तै अनेक गलत शब्दहरू उल्लेख गर्नेगर्दा हेर्दै अप्ठेरो लाग्छ । आमा–बा लेख्नुपर्नेमा आमा–बुबा लेख्ने र बोल्ने काम उपयुक्त ठहरिँदै । बुबा लेख्नुपर्ने भए मुमा लेख्नुपर्छ । बुबाको स्त्रीलिङ्ग आमा होइन मुमा हो । सासु–ससुरालाई आमाबुबा भनिनु पनि उचित होइन । किनकि सासु–ससुरा सदियौँदेखि चल्दैआएको अर्थात् परम्परागत शब्द हो । फुपुलाई दिज्जु र फुपाजुलाई भिनाजु भनेर आधुनिक बन्नखोज्नु पनि उपयुक्त देखिँदैन । परापूर्वककालदेखि चल्दैआएका भाषा वा शब्दहरूलाई निमिट्यान्न पार्नु राम्रो काम होइन । त्यसो भए नातीनातिनीलाई छोराछोरी भने भैगो नि ! बुहारीलाई पनि छोरी भने भैगो ! त्यस्तै ज्वाइँलाई छोरा भने भैगो ! कसैकसैले त झन् मामा–माइजुलाई अङ्कल–आन्टी भनेको पनि सुनिन्छ । बाजे–बज्यैलाई हजुरबा–हजुरआमासम्म भन्नु ठीकै हो, तर बुबा–आमा भनिनु नमिल्दो कुरा हो । पहिलेपहिले ठकुरीहरूले आमालाई मुमा भन्ने चलन थियो । कतैकतै यो शब्द कायमै छ । आजकल आमालाई कसैकसैले मामु भन्न थालेका छन् । स्पष्टरूपमा भन्नुपर्दा मुमा शब्दलाई अक्षर यताउति पारिएको छ अर्थात् उल्ट्याइएको छ, मुमालाई मामु भन्न थालिएको छ ।
कुनै कम्पनीले बोनस वितरण गर्ने भयो भने सरोकारवाला व्यक्तिहरूबीच ‘लाभांश कति दिने भयो ?’ भनेर सोधिदैन ‘बोनस कति दिने भयो कम्पनीले ?’ भनिन्छ । पछिल्ला दिनहरूमा कसैकसैले अंग्रेजी शब्द बढी बोल्ने गरेको पाइन्छ । कसैकसैले त आफूलाई स्मार्ट तुल्याउनका लागि आधा अंग्रेजी र आधा नेपाली मिसाएर बोल्ने गरेको पाइन्छ । अंग्रेजी–नेपाली शब्दकोशअनुसार अंग्रेजी शब्द ‘बाइक’ को अर्थ ‘साइकल’ हो । तर अहिले नेपालमा मोटरसाइकललाई ‘बाइक’ मात्र पनि भन्ने गरिन्छ । त्यसो हो भने माउन्टेनबाइकको अर्थ त माउन्टेन मोटरसाइकल हुनुपर्ने होइन र ?
‘आईएमई’ एउटा अलग्गै अस्तित्व बोकेको कम्पनी हो तर मनी ट्रान्सफर गर्ने सबै कम्पनीलाई साधारण बोलीचालीमा ‘आईएमई’ नै भन्ने गरिन्छ । जस्तै, कुनै जिल्लाबाट बाहिर अरू जिल्लामा प्रभु मनी ट्रान्सफर वा सिटी एक्सप्रेसबाट रकम पठाउन गाउँबाट सदरमुकाम वा बजारमा जानुपर्दा ‘आईएमई गर्न जान्छु’ भनिन्छ । कुनै बखत टेप रेकर्डरलाई गाउँघरमा टेपरिकोट पनि भनिन्थ्यो । हालका दिनहरूमा यो उपकरण करिब करिब हराइसक्यो भने पनि हुन्छ । कुनै जमानामा टेप रेकर्डर बोकेर घन्काउँदै हिँड्ने मान्छेको पछिपछि भुराभुरीको जमात नै हुन्थ्यो ।
अस्पतालमा लेखिने ओपीडीको अर्थ धेरैलाई थाहा हुँदैन । बिरामी वा उनका आफन्तले ओपीडीको पूरा रूप के हो भन्ने प्रश्न गर्न पनि उचित ठान्दैनन् वा वास्ता गर्दैनन् । वास्तवमा ओपीडीको पूरा रूप आउटप्यासेन्ट डिपार्टमेन्ट हो अर्थात् नेपाली भाषामा बहिरंग विभाग हो । तर कतिपय अस्पतालहरूमा अँग्रेजीमा ओपीडी मात्र लेखिएको हुन्छ । जिल्लामा रहेका जिल्ला अस्पताल र काठमाडौंबाहिरका साना आकारका निजी अस्पतालमा भने एउटै कोठामा पनि ओपीडीको काम भइरहेको पाइन्छ ।
बागबजारमा रहेका कतिपय साइनबोर्डहरूमा बागबजार लेख्नुपर्नेमा पेट चिरेको ‘ब’ प्रयोग गरेर बागबजार लेखेको पाइन्छ भने अंग्रेजीमा द्यबनजदबशबच लेखेको पाइन्छ । खास हुनुपर्ने द्यबनदबशबच हो । त्यस्तै, बाँसबारीस्थित चाँदबाग स्कुलको गाडीमा पनि ऋजबमदबनज उल्लेख गरेको पाइन्छ । खास हुनुपर्ने ऋजबलमदबन हो । पहिले भनिँदै आएको क्यारियरलाई अहिले करिअर भनिन्छ । भाषा झन्पछि झन् परिमार्जित हुँदै गइरहेको पनि पाइन्छ । अग्रेजी शब्द ीबकत लाई पनि नेपालीकरण गरिएको पाइन्छ । अचाक्लीलाई लास्टै भन्न थालिएको छ । लास्टै शब्द न नेपाली शब्दकोशमा फेला पर्छ, न त अंग्रेजी डिक्सनरीमा ।
भारतमा सेप्टेम्बरलाई सितम्बर भनिन्छ भने मेलाई मई भनिन्छ । त्यस्तै फेब्रुअरीलाई फरवरी र डिसेम्बरलाई दिसम्बर भनिन्छ । ती महिनाहरूलाई पनि सही ढंगले स्पेलिङअनुसार उच्चारण गरेमा अझ राम्रो हुने थियो कि ? केही वर्षअघिदेखि बम्बईलाई मुम्बई र कलकत्तालाई कोलकाता भन्न थालिएको छ । धेरै वर्ष पहिले भाटभटेनीको एउटा बोर्डिङ स्कुलको भित्तामा लेखिएको थियो ऋभिल यगच कअजयय िबचभब तर त्यस वाक्यमा कसैको आँखा परेको थिएन । मैले प्रिन्सिपललाई भनेपछि अभिललाई सच्याएर अभिबल गराइयो । त्यसकै कारण मैले छोराका लागि स्कुल पनि परिवर्तन गरिदिनुपरेको थियो ।
बसबाट काठमाडौं उपत्यकाको चक्रपथ परिक्रमा गर्दा मुख्य चोकहरूमा मात्र होइन सहायक चोकहरूमा समेत रोदीघरहरू सञ्चालनमा आएका देखिन्छन् । कम्पनीको रूपमा दर्ता भएका प्रायःजसो रोदीघरहरूले साइनबोर्डमा रोधीघर भनेर उल्लेख गरेको पाइन्छ । जुन सरासर गलत लेखाई हो । कम्पनी रजिस्ट्रारको कार्यालयले पनि एकजना भाषाविद्को व्यवस्था गर्नु जरुरी देखिएको छ । नेपाली भाषा झन्पछि झन् बिग्रँदो अवस्थामा गइरहेको आभाष पाइन्छ । भाषा आयोगले पनि यसतर्फ ध्यान दिनु जरुरी छ । जसले अशुद्ध भाषा प्रयोग गरेको छ, उसलाई सचेत गराई सच्याउन लगाउने नीति बनाउनु जरुरी देखिन्छ ।
गाडीहरूमा हेर्ने हो भने ‘जोजोलोपा’ लेख्नुपर्नेमा जोजो लोप्पा लेखेको देखिन्छ । जोजोलोपा शब्द नेपाल भाषा अर्थात् नेवारी भाषाको शब्द हो । यसको अर्थ हुन्छ– नमस्कार वा अभिवादन । कतिपय सवारी साधनहरूमा आशीर्वाद लेख्नुपर्नेमा आशीर्वाद लेखेको देखिन्छ । कलंकी लेख्नुपर्नेमा कंलकी र रत्नपार्क लेख्नुपर्नेमा रत्नपार्क लेखेको पनि देखिन्छ । आरएनएसीको आर राजतन्त्र समाप्त भएसँगै हटिसकेको छ । एनएसी मात्र भने पुग्नेमा गाडीका चालक तथा सहचालकहरूले अझै पनि आरएनएसी भनेर भट्ट्याइरहेको सुनिन्छ, त्यस्तै स्वयम्भुलाई सिम्बु भन्ने गरिन्छ । सहर बजारका साइनबोर्डमा होस् वा सवारीसाधनहरूमा उल्लेख गरिएका तमाम नेपाली शब्दहरूमा ह्रस्व–दीर्घ नमिलेको त कति देखिन्छ कति । वाक्यहरूमा समेत शुद्धता देखिँदैन ।
राप्ती भेगतिरको कुरा गर्ने हो भने छडलाई सरिया र ढलानलाई ढलाइ भनिन्छ । त्यस्तै, एनजीओ र आईएनजीओलाई प्रोजेक्ट भन्ने चलन छ । त्यस्तै, माइक्रोबसलाई हाइस भनिन्छ । हाइस त गाडीको ब्रान्ड पो हो त । पहिलेपहिले त झन् पिकअफलाई दाङतिर टोयोटा नै भनिन्थ्यो । कुनै पनि मोटरसाइकललाई होन्डा नै भनिन्थ्यो । सर्फ भारतको पुरानो ट्रेडमार्क भएको धुलाई पाउडर हो । तर अहिले पनि हरेक डिटरजेन्ट पाउडरलाई सर्फ वा सरफ भन्ने गरिन्छ ।
यी त भए भाषा त्रुटिसम्बन्धी केही उदाहारणहरू । अब फेरि साइनबोर्डमा हुनेगरेका लापरबाही वा हेलचेक्य्राइँतर्फ लागौँ । कतिपय सरकारी निकाय वा कार्यालयहरूको साइनबोर्ड खुइलिएको, अक्षर गायब भएको र कुनैकुनै शब्द नै हराएको पाइन्छ । यसतर्फ सम्बन्धित निकाय वा कार्यालयका जिम्मेवार पदाधिकारी वा कर्मचारीहरूको ध्यान जानु जरुरी छ । भाषा, परम्परा, संस्कृति, रीतिरिवाज कुनै पनि देशका गहना हुन्, यिनीहरूको संरक्षण र सम्वद्र्धन गर्नेतर्फ सबै मिलेर लाग्नुपर्छ ।
अन्त्यमा, सरकारी होस् वा निजी क्षेत्रका, संस्थाहरूका साइनबोर्ड बनाउन दिँदा शुद्धाशुद्धी हेरेर मात्र बनाउन दिनुपर्छ । सरकारी निकायका साइनबोर्ड खुइलिँदा पुनः लेख्न लगाउनुपर्छ । साइनबोर्डको अवस्था के छ त्यतातिर कार्यालय प्रमुख तथा अन्य जिम्मेवार कर्मचारीले समयसमयमा नजर लगाउनुपर्छ । साइनबोर्ड लेख्न दिँदा सामूहिक छलफलको खाँचो पर्छ, समूहमा एक जना कोही न कोही भाषामा ख्याल गर्ने व्यक्ति पनि हुन सक्छन् । माथि उल्लेख गरेको जमलको जस्तो साइनबोर्डमा अक्षर नै देखिएन भने मुलुकको शासन व्यवस्था कस्तो छ भनेर अन्दाज गर्न सकिन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया