सिट्रोनको निःशुल्क चेकजाँच क्याम्प
काठमाडौं । साङ्ग्रिला मोटर्स प्राइभेट लिमिटेड, नेपालमा सिट्रोन गाडीका लागि आधिकारिक वितरकले सिट्रोन गाडीको ग्राहकलाई लक्षित गरी निःशुल्क चेकजाँच क्याम्प आयोजना गर्ने भएको छ ।
कम्पनीका अनुसार यो क्याम्पले खरिद गरिएका सिट्रोनका सवारी साधनलाई राम्रो अवस्थामा राख्नुका साथै विशेष छुटहरूको फाइदा पनि प्रदान गर्नेछ । यस क्याम्पमा फ्रि सर्भिसिभ, गाडीका सबै पार्ट्समा १० प्रतिशत छुट, निःशुल्क साधारण चेकजाँच साथै लुब्रिकेन्ट्समा पाँच प्रतिशत छुटलगायतका विभिन्न आकर्षक अफरहरू उपलब्ध हुनेछन् । यी सुविधाहरूले सिट्रोन गाडीका ग्राहकको सवारी अनुभवलाई अझ राम्रो बनाउने र उल्लेखनीय बचत पनि गराउने जनाइएको छ । यो क्याम्प दुई चरणमा सञ्चालन हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार पहिलो चरण साउन २७ र २८ गते बिर्तामोडमा, साउन २९ र ३० गते विराटनगरमा र साउन ३२ गते वीरगञ्जमा हुँदैछ । यस्तै, दोस्रो चरणमा पोखरा, दाब, बुटवल र नारायणघाट हुनेछ । दोस्रो चरणको भने मिति छिट्टै घोषणा गरिने कम्पनीले जनाएको छ । सिट्रोनले आफ्ना ग्राहकलाई तोकिएको मिति र स्थानहरूमा गएर विशेष अफरहरूको लाभ उठाउन आग्रह गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
- रेमिट्यान्स भित्र्याउनेमा रेकर्ड : सुखद् कि दुःखद्
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया