भुटानमा पोखराको पर्यटन प्रवर्द्धन र हवाई उडानबारे छलफल
पोखरा । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको टोली भुटान पुगेर पर्यटन प्रवर्द्धनसहित पोखराबाट भुटानसम्मको सिधा हवाई उडानबारे छलफल गरेको छ । टान टोलीले भुटानका परराष्ट्रमन्त्री दीनानाथ ढुंगेल, भुटान दलका संसदीय दल नेता लाक्पा छिरिङ्ग तामाङ तथा पर्यटन विभागका निर्देशक डोक्या रिन्जिमलगायतसँग उच्चस्तरीय भेटघाट गरेको थियो ।
भेटघाटका क्रममा नेपाल र भुटानबीच पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न सकिने विषयमा छलफल भएको कार्यक्रम संयोजक एवं टान गण्डकीका प्रथम उपाध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए । छलफलमा संयोजक आचार्यले भुटानको धर्म, संस्कृति, भाषा र डाडाँकाँडा नेपालसँग मिल्दोजुल्दो रहेको भन्दै नेपालका पदमार्ग सकेर भुटानको भ्रमण गरेमा पर्यटकको यात्रा पूर्ण हुने बताएका थिए । पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भुटानको पारो विमानस्थल सिधा हवाई उडान गर्नुपर्नेमा जोड दिए ।
नेपालीलाई भुटान आउनका लागि सहजीकरण गरिदिन आग्रह गर्दै अध्यक्ष श्रेष्ठले नेपाल र भुटानलाई पर्यटनमार्फत् जोड्न सकिने स्पष्ट पारे । त्यस क्रममा भुटानका परराष्ट्रमन्त्री ढुंगेलले आगामी दिनमा टान गण्डकीसँग मिलेर पर्यटकीय क्षेत्रमा नेपालमा सहयोग पु¥याउने प्रतिबद्धता जनाए । नेपालबाट भुटान घुम्न आइदिन आग्रह गर्दै मन्त्री ढुंगेलले निकट भविष्यमा पोखरा भ्रमणका लागि नेपाल आउने बाचा गरे । अमिन भुटान टुर्स एन्ड ट्रेकले टान गण्डकीमा आबद्ध कम्पनीका प्रतिनिधिलाई भुटान भ्रमणमा सहभागी गराएको हो । पोखरा महानगरपालिकाको सहयोग र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा भुटान गएको टोलीमा १५ जना सहभागी थिए । टोलीले अगस्ट तीनदेखि सातसम्म भुटान भ्रमण गरेको हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
- रेमिट्यान्स भित्र्याउनेमा रेकर्ड : सुखद् कि दुःखद्
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
- म्याग्दीमा करिब तीन हजार उद्योग
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया