पेरिस ओलम्पिक : चीन ३९ स्वर्णसहित शीर्ष स्थानमा
काठमाडौं, शनिबारसम्मको विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा चीन ३९ स्वर्ण, २७ रजत र २४ कास्यसहित ९० पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । अमेरिका, अष्ट्रेलिया, जापान, फ्रान्स, बेलायत, दक्षिण कोरिया, नेदरल्याड्स, जर्मनी र इटाली क्रमशः शीर्ष १० स्थानमा रहेका छन् ।
दोस्रो स्थानमा रहेको अमेरिकाले ३८ स्वर्ण, ४२ रजत र ४२ कास्यसहित कुल १२२ पदक हात पारेको छ भने अष्ट्रेलियाले १८ स्वर्ण, १८ रजत र १४ कास्य पदकसहित कुल ५० पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ ।
त्यसैगरी, चौथो स्थानमा रहेको जापानले १८ स्वर्ण, १२ रजत र १३ कास्यसहित ४३ पदक जितेको छ भने पाँचौं स्थानमा फ्रान्सले १६ स्वर्ण, २४ रजत र २२ कास्यसहित कुल ६२ पदक जितेको छ ।
पदक तालिकामा छैटौँ स्थानमा रहेको बेलायतले १४ स्वर्ण, २२ रजत र २७ कास्यसहित कुल ६३ पदक जितेको छ भने दक्षिण कोरिया १३ स्वर्ण, आठ रजत र नौ कास्यसहित ३० पदक जित्दै सातौँ स्थानमा रहन सफल भएको छ ।
आठौँ स्थानमा रहेको नेदरल्यान्ड्सले १३ स्वर्ण, सात रजत र १२ कास्यसहित कुल ३२ पदक जितेको छ भने १२ स्वर्ण, ११ रजत र आठ कास्यसहित कुल ३१ पदक जित्दै जर्मनी नवौँ स्थानमा छ । इटाली ११ स्वर्ण, १३ रजत र १५ कास्यसहित कुल ३९ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा रहेको छ ।
रासस
क्याटेगोरी : खेलकुद
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया