क्रिकेटर आरिफ र आसिफ टेक्नो नेपालको ब्रान्ड एम्बेसडर
काठमाडौं । टेक्नो ब्रान्डले प्रसिद्ध नेपाली क्रिकेटर तथा युवा आइकन आरिफ शेख र आसिफ शेखलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा कम्पनीले उनीहरूलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको जानकारी गराएको हो ।
साथै, कार्यक्रममा कम्पनीले टेक्नोको यात्रा, भिजन र नेपाली उपभोक्ताहरूका लागि अत्याधुनिक प्रविधि ल्याउने प्रतिबद्धतालाई उजागर गरेको थियो भने यसको मुख्य आकर्षण टेक्नो नेपालका ब्रान्ड एम्बेसडरहरूको घोषणा रहेको थियो । कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र क्यानका सचिव पारस खड्काको उपस्थिति रहेको थियो । युवा र ऊर्जावान खेलाडीहरूका रूपमा चिनिएका आरिफ शेख र आसिफ शेखले टेक्नोको उल्लेखनीय प्रदर्शन र यसको ‘स्टप एट नथिङ’को भावलाई दर्शाउनेमा टेक्नो विश्वस्त रहेको बताइएको छ ।
टेक्नो मोबाइलका सीईओ अरिजित तलपात्राले आरिफ शेख र आसिफ शेखलाई टेक्नो नेपालको ब्रान्ड एम्बेसडरका रूपमा स्वागत गर्न पाउँदा उत्साहित भएको बताए । उनीहरूको खेलकुदप्रतिको समर्पण कम्पनीको ब्रान्डको स्टप एट नथिङसँग मेल खाने उनको भनाइ थियो । कार्यक्रममा क्रिकेटरद्वय आरिफ र आसिफ शेखले यस अत्याधुनिक प्रविधि टेक्नोको एम्बेसडर हुन पाउँदा गौरवान्वित महसुस भएको बताएका थिए । टेक्नोको नेपालको सबै ७७ जिल्लामा बलियो उपस्थिति रहेको कम्पनीले जनाएको छ । यस्तै, कम्पनीले १० प्रतिशत बजार हिस्सा ओगटेको बताइएको छ ।
टेक्नो नेपाल देशको पाँचौं शीर्ष ब्रान्ड हो । टेक्नोको नेपालभरका ५० वटा सेवा केन्द्रहरूको सबैभन्दा ठूलो सेवा सञ्जाल रहेको छ भने एक सय दिने रिप्लेसमेन्ट वारेन्टी प्रदान गर्ने यो एक मात्र ब्रान्ड हो । साथै, टेक्नो नेपालमा लगानी गर्न, साझेदारहरू र खुद्रा विक्रेताहरूका लागि उत्कृष्ट अवसरहरू प्रदान गर्न र नेपाली जनताका लागि थप रोजगारी सिर्जना गर्न समर्पित रहेको कम्पनीले जनाएको छ । टेक्नो नेपालले उच्च उपभोक्ता अनुभव सुनिश्चित गर्दै सुलभ मूल्यहरूमा स्टाइलिस र नवीन प्रविधिहरू प्रदान गर्ने आफ्नो मिसन जारी राख्ने तयारी गरेको पनि जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
- रेमिट्यान्स भित्र्याउनेमा रेकर्ड : सुखद् कि दुःखद्
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया