Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनले विकास गर्यो सुरुङमा आपत्कालीन उद्धारका लागि मानवरहित प्रणाली

चीनले विकास गर्यो सुरुङमा आपत्कालीन उद्धारका लागि मानवरहित प्रणाली


बेइजिङ । स्वतन्त्र बौद्धिक सम्पत्ति अधिकारसहित सुरुङहरूका लागि मानवरहित आपत्कालीन उद्धार प्रणाली विकास गरेको चीनको एरोस्पेस साइन्स एन्ड इन्डस्ट्री कर्पोरेसन (सीएएसआईसी)ले जनाएको छ ।

आपत्कालीन समयमा खुला राजमार्गमा उद्धारको तुलनामा सुरुङमा हुने उद्धारले धेरै कठिनाइहरूको सामना गर्छ । यसमा खुला स्थानको जटिलता, स्याटेलाइट सङ्केत पाउने सुविधाको अभाव, घटनास्थलमा प्रतिबन्धित पहुँच र प्रभावकारी आवागमनका साधनको अभाव हुन्छ ।

शोधकर्ताहरूले प्रणालीको विकासमा प्रमुख प्राविधिक चुनौतीहरू पार गरेको बताएका छन् । यसअन्तर्गत सुरुङमा स्वतन्त्ररूपमा आवागमन, राडारबाट अवरोध पत्ता लगाउने र बच्ने, स्वतन्त्र मार्ग योजना, सुरुङ सञ्चार प्रसारण र अत्यधिक गहिराइ वा उचाइमा अग्नि नियन्त्रण सुविधा रहेका छन् । यस प्रणालीले सुरुङमा स्वतन्त्ररूपमा आवागमन गर्ने, अवरोध जोगाउने र आगो निभाउने ग्रेनेडहरू प्रयोग गर्ने सम्बन्धमा सफल परीक्षण गरिसकेको र यो प्रविधि एक्सप्रेस मार्गहरूमा आगलागी नियन्त्रणसहित आपत्कालीन उद्धार कार्यका लागि उपयोगी रहेको दाबी गरिएको छ । रासस/सिन्ह्वा


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x