विवाह परम्पराको कथामा ‘वर एण्ड वधु’
काठमाडौँ । विवाह संस्कृति र परम्परालाई मुख्य विषयवस्तु बनाएर निर्माण गरिएको मिलन चाम्सद्वारा निर्देशित चलचित्र ‘वर एण्ड वधु’ प्रदर्शनको तयारीमा जुटेको छ । आगामी भदौ १४ गतेदेखि प्रदर्शन हुने उक्त चलचित्रमा विवाहको महत्व र परिवारसँग सम्बन्धका कथा प्रस्तुत गरिएको निर्देशक चाम्सले जानकारी दिए ।
“पछिल्लो समय विवाहलाई लिएर नयाँ पुस्तामा बनेको धारणा र परम्परा, पारिवारिक महत्वलाई फिल्मभित्र प्रस्तुत गरेको छु । साथै, प्रवासी नेपालीको जीवन र प्रेममा आउने उतारचढावलाई समावेश गरिएको छ । यसले बुवा र छोरा पुस्तालाई एक अर्कासँग नजिक बनाउँछ”, निर्देशक चाम्सले रासससँग भने ।
नेपाल र रोमानियामा छायाङ्कन गरिएको चलचित्रमा नेपाल र प्रवासी नेपालीको विवाह सन्दर्भलाई देखाइएको छ । अभिनेत्री आँचल शर्माले यस चलचित्रमा आफूले चुलबुले तर आत्मविश्वासी युवतीको भूमिकामा अभिनय गरेको जानकारी दिइन् । चलचित्रमा आँचलको जोडीका रुपमा विवेक कर्माचार्यलाई देख्न सकिन्छ । अभिनेता कर्माचार्यले पात्रलाई जीवन्त बनाउन सक्दो मेहनत गरेको प्रतिक्रिया दिए ।
“पहिलो चलचित्रमा सबैको साथ लिएर काम गरेको छु । मैले हरेक दृश्यमा शत प्रतिशत मेहनत गरेको छु । यो मेरा लागि सिकाई पनि बनेको छ, अवसरका लागि कृतज्ञ छु”, उनले भने ।
चलचित्रमा विजय लामा, गरिमा शर्मा, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, श्रृष्टी खड्का, हिमेश पन्त, यमन श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् । मिलन श्रेष्ठको सम्पादन, हिमाल केसीको द्वन्द्व निर्देशन रहेको चलचित्रको कथा प्रदीप भारद्धाजले लेखेका हुन् । चलचित्रमा सुस्मिता वाईवाले नृत्य निर्देशन गरेकी छन् ।
क्याटेगोरी : मनोरञ्जन
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया