हिमालय एयरलाइन्सले कुवेतमा पुन: उडान सुरु गर्ने
काठमाडौं । नेपालको एक मात्र निजी अन्तर्राष्ट्रिय एयरलाइन्स, हिमालय एयरलाइन्सले कुवेतमा उडान पुनःसुरु गर्ने भएको छ । कम्पनीले आउँदो अगस्ट २० देखि कुवेतमा आफ्नो सिधा उडान पुनः सुरु गर्न लागेको हो । कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीहरूको अत्यधिक मागलाई सम्बोधन गर्दै कम्पनीले आफ्नोे सिधा उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ ।
यसैगरी, काठमाडौं–कुवेत–काठमाडौंमा पुनः सुरु गरिएको यस उडानले दुई राष्ट्रका नागरिक–नागरिकबीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवद्र्धन गर्ने उद्देश्यलाई प्रोत्साहन गर्ने कम्पनीको भनाइ छ । साथै, कम्पनीले कुवेतका लागि जनरल सेल्स एजेन्ट पार्टनरको रूपमा सिजर्स ट्राभल गु्रपलाई नियुक्त गरेको छ ।
कम्पनीले काठमाडौं–कुवेत–काठमाडौं हवाई मार्गमा हप्तामा एक उडान सञ्चालन गर्नेछ । यस्तै, मागको आधारमा उडानहरू थप्ने योजना बनाएको कम्पनीले जनाएको छ । काठमाडौं–कुवेत उडान (एच९ ५७१), काठमाडौंबाट स्थानीय समयअनुसार बिहान ००ः४० बजे उडान भरेर स्थानीय समयअनुसार बिहान ०३ः१५ बजे कुवेत अन्तर्राष्ट्रिय विमानस्थल, कुवेतमा अवतरण गर्नेछ । त्यसैगरी कुवेत–काठमाडौं उडान (एच९ ५७२), कुवेतबाट स्थानीय समय बिहान ०४ः१५ मा उडान भर्ने र स्थानीय समयअनुसार बिहान ११ः५० मा काठमाडौं अवतरण गर्नेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
- रेमिट्यान्स भित्र्याउनेमा रेकर्ड : सुखद् कि दुःखद्
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया