भैरहवामा कजारियाको टायल्स उत्पादन कारखाना
काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले भैरहवामा नयाँ अत्याधुनिक उत्पादन कारखाना सञ्चालनमा ल्याएको छ । कजारिया सेरामिक्स लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक अशोक कजारियाले सो कारखानको उद्घाटन गरेका हुन् ।
भैरहवामा कारखाना सञ्चालनले नेपालबाट कजारिया रमेश टायल्स उत्पादनका निम्ति महत्वपूर्ण कोशेढुङ्गा पार गरेको कम्पनीको भनाइ छ । अत्याधुनिक प्रविधिले सुसज्जित कारखानाले कजारिया रमेश टायल्स लिमिटेडलाई बजारको मागअनुसार व्यापक दायरामा उत्पादन गर्नेछ भने उच्च गुणस्तरका टायलहरूको उत्पादनले बजारमा नयाँ युगको सुरुवात हुनेछ । यसले नेपालमा उच्च गुणस्तरका टायलको मागपूर्तिसँगै मूल्य सहज हुँदा उपभोक्ता समेत लाभमा रहने कम्पनीको दाबी छ । नेपालमा नयाँ उत्पादन केन्द्र स्थापना भएको निकै गौरवान्वित भएको कजारिया सेरामिक्स लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक अशोक कजारियाले बताए । ‘यो अत्याधुनिक प्लान्ट हाम्रो नवीनता र गुणस्तरप्रतिको प्रतिबद्धतालाई जनाउँछ, जसले नेपालको बढ्दो बजारलाई अझ राम्रोसँग सेवा दिन हामीलाई देशको पूर्वाधार विकासमा योगदान गर्न सक्षम बनाउँछ’, उनले भने ।
कजारिया रमेश टाइल्स लिमिटेडका अध्यक्ष प्रतीक जलानले यो विस्तार कम्पनीको वृद्धि र विश्वस्तरीय टायल प्रदान गर्ने प्रतिबद्धताको प्रमाण रहेको बताए । मुलुकको अर्थतन्त्रलाई सहयोग गर्दै टायलमा आत्मनिर्भर हुने लक्ष्यको पहिलो प्रक्रिया पार गरेको उनले बताए । कार्यक्रममा बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठ र बर्दघाट नगरपालिका वडा नम्बर १२ का अध्यक्ष उमाशंकर चौधरीले कम्पनीलाई सफलताको शुभकामना तथा बधाई दिएका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
- रेमिट्यान्स भित्र्याउनेमा रेकर्ड : सुखद् कि दुःखद्
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
- म्याग्दीमा करिब तीन हजार उद्योग
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया