बाढी पहिरोपीडितलाई लायन्सको सहयोग
काठमाडौं । लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जे नेपालले गोरखाको धार्चे गाउँपालिकाका बाढी पहिरोपीडितलाई राहत सामग्री प्रदान गरेको छ । लायन्स क्लब इन्टरनेसनल फाउन्डेसनको राहतकोषबाट प्राप्त सहयोगलाई डिस्ट्रिक्ट गभर्नर लायन मिलन थापाको नेतृत्वमा गएको टोलीले ४० परिवारलाई पुग्ने सिरक, डसनालगायतका लत्ताकपडा र खाद्यान्न हस्तान्तरण गरेको हो ।
उक्त टोलीले मृतक पाँच जनाको परिवारलाई आरुघाटमा राहत सामग्री प्रदान गरिएको थियो । पीडित परिवारका लागि आवश्यक बाटोका कारण प्रभावित स्थल गाउँमा पुग्न नसकेपछि अन्य पीडित परिवारका लागि आवश्यक राहत आरुघाट गाउँपालिकाका उपाध्यक्ष कल्पना नेपालीलाई बुझाइएको थियो । आरुघाट गाउँपालिका र धार्चे गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीय प्रशासनले सबै राहत सामग्रीहरू संकलन गरी पीडितलाई दिने कार्य गरिरहेको छ । त्यसैगरी बागलुङको बडिगाडका पहिरोबाट पीडित परिवारलाई पनि लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जे नेपालले सहयोग गरेको छ । थापा नेतृत्वको टोलीले बडिगाड गाउँपालिका वडा नं ९ को नयाँ बस्ती र वडा नं १० को आरुपाता, पात्ले क्लाबझिङ, खोर सल्लेनधारालगायतका बस्तीमा सहयोग गरेको हो ।
उनीहरूले ३८ परिवारका लागि आवश्यक खाद्यान्न, सिरक डसनालगायतका लत्ताकपडा र नेपाल रेडक्रस सोसाइटी, उद्योग वाणिज्य संघ बागलुङ, लायन्स क्लब अफ बागलुङ गौरीधामसँग समन्वय गरी त्रिपाल र स्यानिटरी सामग्रीहरू बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी, उपाध्यक्ष भिमसेन वन, प्रमुख प्रशासकीय अधिकृत मुक्ति पौडेल तथा वडा अध्यक्षहरूलाई हस्तान्तरण गरिएको थियो । बागलुङ पहिरोमा परी ११ जनाको मृत्यु भएको थियो भने एक जनाको अवस्था अझै पनि अज्ञात छ । जहाँ आवश्यकता त्यहाँ लायन्स भनेझैं पीडित परिवारका लागि सकेको आवश्यक सामग्री प्रदान गरिएको डिस्ट्रिक्ट गभर्नर लायन मिलन थापाले बताइन् । लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जे नेपालले गोरखाको धार्चे गाउँपालिकालगायत देशका विभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति भएपछि लायन्स क्लब इन्टरनेसनल फाउन्डेसनमा राहत माग गरेको थियो । उक्त मागलाई सम्बोधन गर्दै लायन्स क्लब इन्टरनेसनल फाउन्डेसनले राहतकोषबाट १० हजार डलर रकम प्रदान गर्ने निर्णय गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- भारतीय स्थल सेनाध्यक्ष पाँचदिने औपचारिक भ्रमण पछि स्वदेश फिर्ता
- मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध
- युवा र युवती एकैठाउँमा मृत फेला
- राहदानी विभागको सेवा ठप्प सेवाग्राही आक्रोशित
- प्रतिनिधिसभा सचिव अधिकारीद्वारा राजीनामा
- स्वर्गीय राईप्रति अध्यक्ष दाहालद्वारा श्रद्धाञ्जली अर्पण
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया