Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेश‘अवैध भारती ब्रान्ड’का मसला कोशी प्रदेशमा छ्याप्छ्याप्ती

‘अवैध भारती ब्रान्ड’का मसला कोशी प्रदेशमा छ्याप्छ्याप्ती


विराटनगर । भारतमा उत्पादित विभिन्न ब्रान्डका मसला नेपालमा अवैधरूपमा भित्रिन थालेको पाइएको छ । यहाँका व्यवसायीहरूले भन्सार छली गरेर भन्सार नाका र गैरभन्सार नाका दुवैबाट ती सामग्रीहरू नेपाल भित्र्याउने गरेका छन् ।

भारतीय मसला नेपालका सहरी बजारदेखि ग्रामीण बजारसम्म पनि सहज आपूर्ति हुँदै आएका ती मसला खानयोग्य समेत नभएको बताउन थालिएको छ । त्यस्ता आयातित मसालबाट नेपालीको स्वास्थ्यमाथि नै खेलबाड गरेको भन्दै भारतीय ब्रान्डका मसालको आयातमाथि नै प्रतिबन्ध लगाउन स्थानीय सरोकारवालाहरूले सरकारसँग माग गरेका छन् । नेपालमा वार्षिक न्यूनतम २० करोडभन्दा माथिको मसला खपत हुँदै आएको छ । सरकारले पनि आफ्नै देशभित्र कति मसला उत्पादन गर्ने सक्कली उद्योग दर्ता भएर सञ्चालन भएका छन् भन्ने सामान्य तथ्याङ्क समेत राख्न सकेको छैन । कोशी प्रदेशको राजधानी विराटनगर माहानगरपालिका क्षेत्रभित्रै करिब दुई दर्जन अवैधरूपमा मसला उद्योग नै सञ्चालन हुुँदा समेत सरकारले पत्ता लगाउन नसकेको बताइएको छ । ती उद्योगबाट उत्पादित मसलाहरू खानयोग्य छ वा छैन भन्ने कुुनै तथ्याङ्क समेत सरकारका कुनै निकायसँग नभएको दाबी समाचार स्रोतले गरेको छ ।

विगत ३० वर्षदेखि नेपालमा पैठारी हुँदै आएका भारतीय ब्रान्डका विभिन्न मसलाका आयातकर्ताहरू मोटो रकम राजस्व छलेर नेपाल भित्र्याउने कार्यमा सक्रिय हुुन थालेका छन् । यसले आयातकर्ताहरू मोटाउने र सरकारको राजस्व समेत अपेक्षाकृतरूपमा संकलन हुन नसकेको विराटनगर भन्सार स्रोतले बताएको छ । पछिल्लो समय नेपालका विभिन्न वैध र अवैध नाका हुँदै भारतको दिल्लीस्थित बाबा मसला कम्पनीले जी ६ लरेन्स रोड, इन्डिस्ट्रियल एरिया दिल्ली ११००३५ मा उत्पादन भएको मसला नेपालका बजारमा छ्याप्छ्याप्ती पाउन थालेको छ । उक्त मसला कुुन नाकाबाट आयात भइरहेको छ भन्ने यकिन तथ्याङ्क समेत सरकारसँग नरहेको पाइएको छ ।

नेपालमा प्रचलित पेटेट डिजाइन तथा ट्रेडमार्क ऐन २०२२ अनुसार कुनै पनि उद्योग वा आयातकर्ताले आयात गर्ने मालवस्तुको लागि दर्ता भएको ट्रेडमार्क कुनै अर्काे कम्पनी वा उद्योग वा व्यवसायीले त्यस्तै पेटेन्ट डिजाइन र ट्रेडमार्कको प्रयोग गर्न नपाउने कानुनी व्यवस्था गरेको छ । तर अहिले विराटनगरलगायत नेपालका मुख्य सहर एवं ग्रामीण बस्तीहरूमा भारतबाट वैध तथा अवैध दुवै बाटो हुँदै नेपाल भित्रिएको भारतीय बिएमसी मसलाले नेपाली उपभोक्ताको स्वास्थ्यमाथि ठाडै खेलबाड गरिरहेको छ । नेपालको कानुनअनुसार खाद्य ऐन २०२३ मा कुनै पनि खाद्यवस्तुमा स्पष्टरूपमा लेबल राख्नुपर्ने र सो लेभलमा उत्पादकको नाम ठेगानादेखि ट्रेडमार्कसम्म उल्लेख हुनुपर्ने कानुनी व्यवस्था छ । तर पनि उक्त भारतीय मसला बीएमसीले नेपालको खाद्य ऐनलाई समेत चुनौती दिएको बताइएको छ । सो भारतीय मसलाले नेपालीहरूको स्वास्थ्यमाथि समेत खेलबाड गरेको हुँदा अविलम्ब उक्त भारतीय मसलाको आयात बन्द गरी आवश्यक कारवाही गर्न उद्योगी एवं व्यवसायीले माग गरेका छन् ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x