ललितपुर । आगामी भदौ ११ देखि १६ गतेसम्म ‘नाडा अटो सो २०२४’ आयोजना गरिने भएको छ । अटोमोबाइल्स एशोसिएशन अफ नेपालले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गरी काठमाडौँको भृकुटीमण्डप प्रदर्शनीस्थलमा ‘अटो सो’ गर्न लागिएको जानकारी दिएको छ ।
दुई दशक अघिदेखि सोलाई निरन्तरता दिँदै आएको नेपालको अटोमोबाइल एसोसिएसनले यस वर्ष अटोमोबाइल प्रदर्शनी, टाटा ईभी, नाडा अटो सो २०२४ गर्न लागिएको नाडा अटो सो २०२४ को समितिका कार्यवाहक संयोजक अनुपकुमार बरालले जानकारी गराए ।
बरालका अनुसार यस वर्षको प्रदर्शनीमा २४ वटा चार पाङ्ग्रेब्रान्ड, १९ वटा दुईपाङ्ग्रे ब्रान्डहरू र १२ वटा हल्का व्यावसायिक सवारी साधनका ब्रान्डहरू प्रदर्शनीमा रहनेछन् ।
‘३३ कम्पनीहरू जुन लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टमा विशेषज्ञह रहनेछन्, सात वित्तीय संस्थाहरूले विशेष रूपले अनुकूल वित्तीय समाधान प्रदान गर्नेछन् । प्रदर्शनीमा ९५ प्रदर्शक सहभागी हुनेछन्, जसले एक सय ३० स्टलमा आफ्ना उत्पादन र सेवा प्रदर्शन गर्नेछन्’, उनले भने ।
क्याटेगोरी : अटो बजार, कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया