Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्राइम कमर्सियल बैंक र साङ्ग्रिला डेभलपमेन्ट बैंकको अन्तरबैंक सेवा सुरु

प्राइम कमर्सियल बैंक र साङ्ग्रिला डेभलपमेन्ट बैंकको अन्तरबैंक सेवा सुरु


काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले प्राइम कमर्सियल बैंक र साङ्ग्रिला डेभलपमेन्ट बैंकसँगको सहकार्यमा अन्तरबैंक कार्डलेस विड्रअल सेवा सुरु गरेको छ । यो सेवामा आबद्ध बैंकहरूका ग्राहकले सञ्जालमा रहेका एटीएम मेसिन प्रयोग गरी विनाकार्ड मोबाइल बैंकिङ वा कनेक्ट आईपीएसको माध्यमबाट नगद निकाल्न सकिने व्यवस्था थप गरिएको हाउसले जानकारी दिएको छ । अब दुवै बैंकका ग्राहकले यस सेवाको सुरूवातपश्चात एउटा बैंकको खाताबाट अर्को बैंकको एटीएम मेसिन प्रयोग गरी समेत विनाकार्ड नगद झिक्न सक्ने भएको छ ।

हालका लागि ग्राहकले एनसीएचएलले सञ्चालन गर्दै आएको रिटेल प्ल्याट्फर्मअन्तर्गत कनेक्ट आईपीएसमा रजिस्ट्रर गरी आफ्नो लिङ्क गरिएको प्राइम कमर्सियल बैंक वा साङ्ग्रिला डेभलपमेन्ट बैंकको खाताबाट सो सुविधा प्रयोग गर्न सक्नेछन् । ग्राहकले कनेक्ट आईपीएस मोबाइल एपमा लग इन गरी कार्डलेस विड्रअल अप्सनमा क्लिक गरी निष्काशन गर्ने बैंक खाता छनौट गर्नुपर्छ । यसपश्चात कनेक्ट आईपीएसमा रजिस्टर गरिएको मोबाइल नम्बरमा प्राप्त भएको ओटीपीलाई सञ्जालमा उपलब्ध बैंकको नजिकैको एटीएममा उक्त ओटीपी प्रयोग गरी नगद झिक्न सकिनेछ । हाल यो सेवा प्राइम कमर्सियल बैंक र साङ्ग्रिला डेभलपमेन्ट बैंककोे एटीएममा उपलब्ध रहेको छ भने सो सेवा चरणबद्धरूपमा थप अन्य सदस्य बैंक वित्तीय संस्थाहरूमा पनि विस्तार गरिने योजना रहेको छ ।

अहिले बैंकका ग्राहकले कार्डलेस विड्रअल सेवा आफ्नै बैंकको एटीएमबाट मात्र गर्न सकिने व्यवस्था रहेकोमा यस नयाँ सुविधाजनक सेवाको सुरूवातपश्चात ग्राहकले सजिलै अर्काे बैंकको एटीएमबाट समेत विनाकार्ड नगद निकाल्न सक्ने व्यवस्था भएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x