Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसनराइज सेक्युरिटिजको सेयर कारोबार सुरु

सनराइज सेक्युरिटिजको सेयर कारोबार सुरु


काठमाडौं । सनराइज सेक्युरिटिज लिमिटेडले औपचारिकरूपमा सेयर कारोबारको शुभारम्भ गरेको छ । लक्ष्मी सनराइज बैंकको शतप्रतिशत स्वामित्वमा संस्थापित सेक्युरिटिज लिमिटेडले व्यावसायिक सञ्चालन सुरुवात गरेको छ ।

एक समारोहका बीच लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपालले सो कम्पनीको कारोबार सञ्चालनको औपचारिक शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रममा शुभकामना मन्तव्य दिँदै उनले कम्पनीले आगामी दिनमा सेयर कारोबारसँग सम्बन्धित सेवा सहजरूपमा दिने विश्वास व्यक्त गरे । उनले व्यावसायिक सेवा प्रदान गर्दै पुँजी परिचालन तथा नेपालको पुँजीबजारको विकासमा आफ्नो तर्फबाट केही योगदान गर्ने कार्य प्रभावकारीरूपमा सनराइज सेक्युरिटिजले सफलता पाउन सकोस् भनी कामना गरे । सोही कार्यक्रमका विशेष अतिथि लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले लक्ष्मी सनराइज बैंकको सहायक कम्पनीको रूपमा अर्को एउटा संस्था स्थापित भएकोमा खुसी र शुभकामना व्यक्त गरे । साथै, सनराइज सेक्युरिटिजका प्रबन्ध सञ्चालक कमल गौतमले कारोबार शुभारम्भ कार्यक्रममा उपस्थित सम्पूर्ण ग्राहकलाई धन्यवाद ज्ञापन गर्दै संस्थाले धितोपत्र खरिद बिक्रीसम्बन्धी सम्पूर्ण सेवाहरू गुणस्तरीय रूपमा एकै ठाउँबाट सरल र सहजरूपमा प्रदान गर्न सकिने जानकारी दिए ।

गैह्रिधारा–२, काठमाडौंमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीको अधिकृत तथा चुक्तापुँजी २० करोड रुपैयाँ रहेको छ भने स्टक ब्रोकर नम्बर १०० रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x