गोरखाको मनास्लु क्षेत्रमा टेलिकमको गुणस्तर वृद्धि
काठमाडौं । नेपाल टेलिकमले गोरखा जिल्लाको उत्तरी भेगमा रहेको तिब्बत नाकातर्फको मार्ग, मनास्लु हिमाल क्षेत्र तथा मनास्लु पदमार्ग क्षेत्रलगायतका स्थानमा मोबाइल सेवाको क्षमतामा स्तरोन्नति गरेको छ । कम्पनीले टुजी मोबाइल सेवाको क्षमता अभिवृद्धि तथा फोरजी मोबाइल सेवा विस्तार गरेको हो ।
गोरखा भौगोलिकरूपमा अत्यन्त विकट उत्तरी भेगको तिब्बत नाकातर्फ रहेका मनास्लु हिमाल क्षेत्र, मनास्लु पदमार्ग तथा संरक्षण क्षेत्र, लार्केपास, मनाङ पदमार्ग तथा चुमनुब्री गाउँपालिकाअन्तर्गतका विभिन्न स्थानहरूमा मोबाइल सेवा विस्तार गरेको कम्पनीले जनाएको छ । स्वदेशी तथा विदेशी पर्यटकहरूको अत्यधिक चहलपहल तथा भ्रमण हुने उक्त क्षेत्रहरूमा ग्राहकहरूको मागलाई लक्षित गरी कम्पनीले भोइस तथा डाटा सेवाको विस्तारका साथै कतिपय स्थानमा क्षमता अभिवृद्धि तथा गुणस्तर सुधार गर्ने कार्य समेत सम्पन्न गरेको छ ।
कम्पनीले चुमनुब्री गाउँपालिकाका जगत, सल्लेरी, सिर्दिबास, बिही, प्रोक, नामरुंग, श्यो, ल्हो, सामागाउँका साथै चीनको सिमानामा पर्ने रूइला नाकाको अन्तिम गाउँ साम्दोसम्म कम्पनीले फोरजी सेवा सञ्चालन गरेको छ । यस्तै, ल्हो, सामागाउँ तथा गमलाडाँडामा रहेका साइटहरूमा भिस्याट प्रविधिलाई माइक्रोवेभ ट्रान्समिसन लिंकले प्रतिस्थापन गरी टुजी सेवाको गुणस्तर सुधार एवम् क्षमता अभिवृद्धि तथा फोरी सेवा सञ्चालन गरेको कम्पनीले जनाएको छ । साथै, श्योडाँडा र साम्दोमा नयाँ साइट निर्माण गरी टुजी तथा फोरजी मोबाइल सेवा सञ्चालन गरिएको छ ।
भौगोलिक हिसाबले अत्यन्त विकट स्थानहरूमा सेवा सञ्चालन गरेसँगै यस भेगका स्थानीयवासी, घुम्न आउने पर्यटकहरू तथा यस भेगका पर्यटनलगायत अन्य व्यवसायीहरूले आधुनिक दूरसञ्चार सेवाको प्रयोग गरी लाभ लिन सक्ने कम्पनीले जनाएको छ । साथै, पर्यटकहरूसँग सम्पर्क तथा समस्यामा परेको समयमा उद्दार कार्यमा समेत सहजता हुने कम्पनीको विश्वास रहेको छ ।
प्रिपेड मोबाइलमा स्वतः अन्तर्राष्ट्रिय रोमिङ सेवा
नेपाल टेलिकमले सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिकरूपमा स्वतः उपलब्ध हुने व्यवस्था मिलाएको छ । यसअनुसार हाल प्रिपेड ग्राहकहरूले अन्तर्राष्ट्रिय रोमिङ सेवा सक्रिय गराउनुपर्ने अवस्था रहेकोमा बुधबारदेखि भने सबै प्रिपेड ग्राहकहरूको मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिकरूपमा स्वतः उपलब्ध हुने भएको हो । सेवाग्राहीले स्टार१४१५स्टार७ह्याक्स डायल गरेपश्चात उपलब्ध हुने मेनुबाट उपयुक्त विकल्प छनौट गरी आफ्नो मोबाइलमा रोमिङ सेवा उपलब्ध भए/नभएको यकिन गर्न सकिन्छ । अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु भएका ग्राहकहरूले नेपाल टेलिकमकै सिम प्रयोग गरी विदेशमा पनि भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सकिन्छ । टेलिकमले रोमिङ सेवा उपलब्ध गराएका भारतबाहेकका अन्य देशहरूमा यो सुविधा क्रमशः उपलब्ध हुनेछ ।
भारतमा भने यो सेवा उपयोग गर्नका लागि कम्पनीका ग्राहकहरूले नेपालमै रहँदा आफ्नो मोबाइलबाट युएसएसडी कोड स्टार१४१५स्टार७ह्याक्स डायल गरी वा टेलिकम एपमार्फत अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गर्न सकिन्छ । नेपालमा भएको समयमा रोमिङ सेवा एक्टिभ नगरी विदेश गएमा त्यहीँबाट पनि यो सेवा एक्टिभ गर्नको लागि रोमिङ डट सर्पोट एट एनटीसी डट नेट डट एनपीमा इमेलमार्फत अनुरोध गर्न सकिन्छ । टेलिकमको प्रिपेड मोबाइलमार्फत हाल ४० देशमा रोमिङ सुविधा प्रयोग गर्न सकिन्छ । सेवाग्राहीले विश्वका विभिन्न ४० देशमा नेपाल टेलिकमकै प्रिपेड मोबाइलमार्फत भ्वाइस, डाटा र एसएमएस सेवा चलाउन सक्छन् । यसका लागि ती देशहरूमा रहेका ५४ अपरेटरसँग सम्झौता सम्पन्न भई सेवा सञ्चालनमा रहेको छ ।
नेपाल टेलिकमले विदेशमा जाने वा बस्ने नेपालीहरूलाई लक्षित गरी उपलब्ध गराएका विभिन्न सुविधामध्ये रोमिङ सेवा निकै नै उपयोगी छ । अब कम्पनीका सबै प्रिपेड ग्राहकहरूको मोबाइल नम्बरमा स्वतः रोमिङ सेवा उपलब्ध भएपश्चात सेवाग्राहीले सहज तरिकाले यो सेवा प्रयोग गर्न सक्ने कम्पनीको विश्वास छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- भारतीय स्थल सेनाध्यक्ष पाँचदिने औपचारिक भ्रमण पछि स्वदेश फिर्ता
- मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध
- युवा र युवती एकैठाउँमा मृत फेला
- राहदानी विभागको सेवा ठप्प सेवाग्राही आक्रोशित
- प्रतिनिधिसभा सचिव अधिकारीद्वारा राजीनामा
- स्वर्गीय राईप्रति अध्यक्ष दाहालद्वारा श्रद्धाञ्जली अर्पण
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया