पोखरामा संघीयसहित सातै प्रदेशका पर्यटनमन्त्रीको सम्मेलन हुने
काठमाडौं । पर्यटकीय राजधानी पोखरामा संघीय पर्यटनमन्त्रीसहित सात वटै प्रदेशका पर्यटनमन्त्रीको सहभागितामा सम्मेलन हुने भएको छ । पोखरा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ यस्तो सम्मेलन आयोजना गर्न लागिएको हो ।
यसका लागि छिट्टै मिति घोषणा गरेर तयारी अघि बढाइने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए । मुख्यमन्त्री पाण्डेले नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभस एजेन्ट्स (नाट्टा) गण्डकीको २९औँ साधारणसभा तथा १३औँ अधिवेशन उद्घाटन कार्यक्रममा सो जानकारी गराएका हुन् । पर्यटन क्षेत्रको विकास सरकारको प्राथमिकतामा रहेको बताए । उनले पर्यटनसम्बद्ध संघसंस्थासँगको समन्वयमा यस क्षेत्रमा देखिएका कानुनीलगायत समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । पर्यटन राजधानी घोषणाले पोखराको पर्यटन ‘ब्रान्डिङ’ भएको तर्क गर्दै मुख्यमन्त्री पाण्डेले यसका माध्यमबाट समग्र गण्डकी प्रदेशको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे । सरकारले प्रदेशमा खेल पर्यटनको विकाससँगै धार्मिक पर्यटन विकासमा समेत जोड दिइएको स्पष्ट पार्दै उनले मनाङ र मुस्ताङमा ‘हाई अल्टिच्युड’ खेल मैदान निर्माण गर्न लागिएको जानकारी दिए ।
गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले पर्यटनलाई उद्योगका रूपमा विकास गर्नु आवश्यक रहेको बताए । नाट्टाका केन्द्रीय अध्यक्ष कुमारमणि थपलियाले नेपालको पर्यटनमा गण्डकी प्रदेशको योगदान महत्वपूर्ण रहेको बताए । पर्यटकको बसाइँ लम्ब्याउने किसिमका पूर्वाधारसँगै गतिवधि बढाउनुपर्नेमा उनले जोड दिए । नाट्टा गण्डकी प्रदेश अध्यक्ष हरिराम अधिकारीले पोखरासहित समग्र देशको पर्यटन प्रवद्र्धन स्वदेश तथा विदेशमा गर्न नाट्टा सक्रिय रहेको स्पष्ट पारे । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले नेपालको समृद्धि पर्यटनबाट नै सम्भव भएको स्पष्ट पारे ।
अध्यक्षमा दाहाल निर्वाचित
नाट्टा गण्डकी प्रदेश अध्यक्षमा किशोर दाहाल निर्वाचित भएका छन् । यस्तै, प्रथम उपाध्यक्षमा संगीता पौडेल, द्वितीय उपाध्यक्षमा राजेश पहारी, महासचिवमा चेतबहादुर कार्की, सचिवमा नवराज भण्डारी, कोषाध्यक्षमा सुवास पहारी र सहकोषाध्यक्षमा सन्दीप श्रेष्ठ निर्वाचित भए । कार्यसमिति सदस्यमा प्रतीक लामिछाने, छविरमण पौडेल, पदमराज आचार्य, विजय पौडेल र तुलबहादुर गुरुङ छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
- म्याग्दीमा करिब तीन हजार उद्योग
- दोहोरो अंकले घट्यो नेप्से
- अनावश्यक खर्च कटौती गर्नुपर्छ: मुख्यमन्त्री कार्की
- भारतीय स्थल सेनाध्यक्ष पाँचदिने औपचारिक भ्रमण पछि स्वदेश फिर्ता
- मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया