काठमाडौं, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले शुक्रबार बिहानदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाएको छ ।
निगमका अनुसार पहिलो वर्गअन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६२ रुपैयाँ कायम गरेको छ । यसअघि प्रतिलिटर एक सय ६७ रुपैयाँ थियो ।
दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ क्षेत्रका लागि प्रतिलिटर एक सय ६४ रुपैयाँ मूल्य तोकेको छ । यसअघि प्रतिलिटर एक सय ६९ रुपैयाँ थियो । यसैगरी तेस्रो वर्गअन्तर्गत पोखरा, काठमाडौं र दीपायल क्षेत्रका लागि प्रतिलिटर एक सय ६५ रुपैयाँ तोकेको छ । यसअघि प्रतिलिटर एक सय ७० रुपैयाँ मूल्य थियो ।
डिजेल र मट्टीतेलको मूल्य पहिलो वर्गका लागि एक सय ५५ रुपैयाँ रहेकामा एक सय ५२ रुपैयाँ कायम गरेको छ । साथै दोस्रो वर्गका लागि एक सय ५७ रुपैयाँ रहेकामा एक सय ५४ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ५८ रुपैयाँ रहेकामा एक सय ५५ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया