नेसनल लाइफको ‘सेपिङ द फ्युचर’
काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिले ‘सेपिङ द फ्युचर” भन्ने नाराका साथ चार दिने ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स चितवनस्थित होटल सोल्टी वेस्टेन्डमा सम्पन्न गरेको छ । कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको नेतृत्वमा आयोजना गरिएको सो सम्मेलनको पानसमा द्विप प्रज्वलन गरी उद्घाटन गर्दै अध्यक्ष सिंहले आव २०८०/८१ मा कम्पनीले प्रथम बीमाशुल्कसहित समग्र सूचकांकमा उत्कृष्टता हासिल गर्न सफल हुनुमा कम्पनीका बीमितहरू अभिकर्ताहरू व्यवस्थापन र कर्मचारीहरूको अथक मेहनत, परिश्रम र लगनशीलताको कारणले नै सम्भव भएको हुँदा यस सफलताका लागि योगदान गर्नै सम्पूर्णलाई बधाई ज्ञापन गरिन् । साथै, उनले आव २०८०/८१ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पूरा गर्ने शाखालगायत सबैभन्दा बढी प्रिमियम संकलन गर्ने शाखाहरू र उत्कृष्ट ठहरिएका पाँच शाखालाई सम्मान तथा पुरस्कृत गरेकी थिइन् ।
जीवनबीमा व्यवसायसँग सम्बन्धित विभिन्न पाटोहरू र जीवनबीमा कम्पनीका चुनौतीहरूको विवेचनागरी आर्थिक वर्ष २०८१/८२ को लागि लक्ष्य निर्धारण गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलनमा विभागीय प्रमुख तथा देशैभरबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरू गरी दुई जनाभन्दा बढीको सहभागिता रहेको थियो ।
सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कम्पनीको व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व र चुनौतीलाई आत्मसाथ गर्दै आपसी समन्वय गरी अगाडि बढेको कारणले नै कम्पनीको उच्च बोनस दरलाई यथावत राख्न सकिएको र प्रथम बीमाशुल्क पाँच सय करोडभन्दा बढी संकलन गर्न सफल भएको तथा अन्य सबै सूचाकांकहरूमा पनि सकारात्मक वृद्धि गर्न सम्भव हुनुमा आ–आफ्नो क्षेत्रबाट योगदान दिनुहुने सम्पूर्ण बीमित वर्गहरू अभिकर्ता वर्गहरू र कर्मचारीहरू, बधाईको पात्र रहेको बताए । साथै, आगामी आर्थिक वर्षमा पनि यो सफलतालाई निरन्तरता दिनुपर्ने चुनौती थपिएकाले उक्त चुनौती पूरा गर्न यस सम्मेलन लाभदायक रहने विश्वास व्यक्त गरे ।
यसैगरी, नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक सविता थापाले सम्पत्ति शुद्धीकरण सम्बन्धमा प्रशिक्षण दिँदै बीमालाई माध्यम बनाएर विभिन्न बहानामा सम्पत्ति शुद्धीकरण गर्न सक्ने भएकाले सोतर्फ सचेत रहन आग्रह गरिन । उनले राष्ट्रिय हितका लागि आतंकवादी वित्तीय लगानी रोक्नु सबैको कर्तव्य भएको बताइन । सो समारोहमा मोटिभेसनल ट्रेनर सुदीप बस्नेतले सहभागी कर्मचारीहरूलाई तालिम प्रदान गरेका थिए । यसैगरी आर्ट अफ लिभिङका नेपालका वरिष्ठ प्रशिक्षक अच्युत गौतम र शैलेन्द्र हमालले सम्पूर्ण कर्मचारीहरूलाई तनाव व्यवस्थापन सम्बन्धमा प्रशिक्षण प्रदान गरेका थिए ।
उपस्थित कर्मचारीहरूलाई यथेष्ट मनोरञ्जन प्रदान गरिएको सो सम्मेलनमा प्रदेशस्तरीय फुटबल प्रतियोगितालगायत सांगितिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
- भारतीय सेयरबजारमा सात दिनदेखि गिरावट
- २७ सय दुई बिन्दुमा खुम्चियो शेयर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया