आइएमई र जीएमई मर्जरपछिको एकीकृत कारोबार सुरु
काठमाडौं । आइएमई र जीएमई रेमिटले मर्जरपछिको एकीकृत कारोबार शुभारम्भ भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, आइएमई लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल, आइएमई लिमिटेडका प्रबन्ध निर्देशक हेमराज ढकाल र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले बुधबार आयोजित कार्यक्रममा एकीकृत कारोबारको संयुक्तरूपमा शुभारम्भ गरेका हुन् ।
मर्जरपछि बनेको आइएमईको चुक्तापुँजी एक अर्ब नाघेको छ । एकीकृत कारोबारको शुभारम्भ गर्दै डेपुटी गभर्नर मिश्रले राष्ट्र बैंकको प्राथमिकताबमोजिम औपचारिक अर्थतन्त्र निर्माणमा आइएमई रेमिट्यान्सको योगदान सशक्त रहेको बताए । डेपुटी गभर्नर मिश्रले रेमिट्यान्स सेवालाई सहज एवम् थप प्रविधियुक्त र सुलभ बनाउन पनि मर्जरले योगदान दिने बताए ।
सोही अवसरमा आइएमईका अध्यक्ष चन्द्रप्रसाद ढकालले करिब २५ वर्ष पहिले कम्पनी स्थापनाको समयलाई स्मरण गरे । अध्यक्ष ढकालले भने, ‘सन् २००१ अर्थात् आजभन्दा करिब २५ वर्ष पहिले, मनी एक्सचेन्जको सानो काउन्टरबाट सुरु भएको आइएमई अर्थात् इन्टरनेसनल मनी एक्सप्रेसको यात्रा त्यो समय पक्कै पनि सहज थिएन । सहज त के निजी क्षेत्रले पनि यसरी औपचारिकरूपमा विदेशबाट रकम भित्र्याउने कुराको कल्पना नै थिएन । नेपाल सरकारले वैदेशिक रोजगारीका लागि केही देशहरू खुला गरिसकेपछि वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या भर्खरै बढ्न सुरु गरेको थियो ।
जापान बस्दा हामी आफैँले नेपालमा पैसा पठाउँदा खेपेको सकस, अनौपचारिक र असुरक्षित माध्यमका कारण धेरै नेपालीहरूले आफ्नै कमाइ आफन्तसम्म पु¥याउन झेलिरहेका समस्याहरू देखेका हामीहरूले छिटो, भरपर्दो माध्यम खोजी गर्दै गर्दा आइएमईको जन्म हुन पुगेको हो, अध्यक्ष ढकालले उल्लेख गरे । अध्यक्ष ढकालले आइएमईलाई चाँडै नै पब्लिकमा लैजाने जानकारी पनि गराए । अध्यक्ष ढकालले भने, ‘जनतालाई नै मालिक बनाउने हाम्रो अर्को यो पहल हो ।’
रेमिट्यान्सको आकार बढेको, डिजिटल प्रविधिको विकाससँगै रेमिट्यान्सलाई डिजिटल माध्यमबाट सिधै वालेटमा वा बैंक खातामा पठाउन सकिने भएकाले रेमिट्यान्स कम्पनीको क्षेत्राधिकार विस्तारमा नेपाल राष्ट्र बैंकले सहजीकरण गर्ने विश्वास रहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे । सो अवसरमा एकीकृत कारोबारपश्चात आइएमई लिमिटेडका अध्यक्ष बनेका हेमराज ढकालले रेमिट्यान्सलाई औपचारिक अर्थतन्त्रमा जोड्दै देशको सामाजिक–आर्थिक रूपान्तरणको संवाहक बनेको आइएमईले अझ सबल र डिजिटल रेमिट्यान्सको लिडरको रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्ष ढकालले भने, ‘आइएमई र जीएमईबीचको एकीकृत कारोबारपश्चात अबको सेवा सञ्जालमा वृद्धि हुनेछ र सेवाग्राहीलाई सहज र सुलभ रेमिट्यान्स सेवा उपलब्ध गराउन थप सक्षम हुनेछौँ । सेवाग्राहीहरूको अपेक्षा तथा बजारको मागलाई ध्यानमा राख्दै दूरदराजसम्म डिजिटल रेमिट्यान्स सेवाको सहज पहुँच स्थापित गर्ने तथा सन्तुष्ट ग्राहकको संख्यामा उल्लेख्य वृद्धि गर्न कम्पनी सक्षम हुने आशा एवं विश्वास लिएको पनि अध्यक्ष ढकालले उल्लेख गरे ।
स्थानीयस्तरसम्म डिजिटल रेमिट्यान्स सेवा विस्तार गरी आमनागरिकलाई औपचारिक अर्थतन्त्रसँग जोड्ने मात्र नभएर देशको समग्र आर्थिक विकासमा महत्वपूर्ण भूमिका निभाउन सकिने अपेक्षा संस्थाले लिएको छ । यसका लागि रेमिट्यान्स कम्पनीहरूको कार्यक्षेत्र विस्तारमा सहयोग गर्न पनि अध्यक्ष ढकालले राष्ट्र बैंकसँग आग्रह गरे । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेलले रेमिट्यान्स कम्पनीलाई समयानुकूल क्षेत्र विस्तार गर्न प्रोत्साहन गरिरहेको उल्लेख गर्दै रेमिट्यान्स सेवा शुल्कलाई थप कम हुने अपेक्षा राखिएको बताए ।
आइएमईमा गाभिएको जीएमई रेमिटका अध्यक्ष अर्जुन शर्मा पौडेलले कोरिया, जापानलगायतका उदाउँदा श्रम गन्तव्यहरू लक्षित गरी सेवा दिइरहेको जीएमई रेमिटलाई सम्मानजनकरूपमा आइएमईमा गाभिन सफल भएको बताए । एकीकृत कारोबारपश्चात आइएमईका नवनियुक्त कार्यकारी प्रमुख दिवाकर पौडेलले यो मर्जरपछि समग्र रेमिट्यान्स सेवालाई थप सरल, सहज एवम् थप प्रविधियुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।
पौडेलले भने, ‘रेमिट्यान्स सेवामा प्रयोग हुँदै आएका र आउन बाँकी अन्य प्रविधिलाई कार्यान्वयन ल्याउने तथा डिजिटल रेमिट्यान्सको अवधारणालाई हामीले मुख्य प्राथमिकतामा राखेका छौँ ।’ डिजिटल रेमिट्यान्सतर्फको रूपान्तरणले आइएमईको सेवालाई थप चुस्त र सुलभ बनाउने छ । आइएमई रेमिटका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले रेमिट्यान्सले मुलुकको अर्थतन्त्रमा पारेको सकारात्मक योगदानको चर्चा गर्दै मर्जरपछि आइएमईले आफ्नो सेवालाई डिजिटलाइज्ड गर्र्दै थप चुस्त बनाउने बताए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
- भारतीय सेयरबजारमा सात दिनदेखि गिरावट
- २७ सय दुई बिन्दुमा खुम्चियो शेयर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया