राजधानीमा करिअर कार्निभल सम्पन्न
काठमाडौं । व्यवस्थापन तथा सूचना प्रविधिसम्बन्धी शैक्षिक प्रदर्शनी ‘करिअर कार्निभल २०२४’ राजधानीमा सम्पन्न भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान पारश खड्का र इन्टरनेसनल एजुकेसन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आईप्यान) का अध्यक्षमा लक्ष्मण केसीले रिबन काटेर करिअर कार्निभलको उद्घाटन गरेका थिए ।
करिअर कन्सल्ट एन्ड इन्ट्रान्स प्रिपिरेसन प्रालिले राजधानीको दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा आयोजना गरेको करिअर कार्निभलमा प्लस टूपछिको उच्च शिक्षाका लागि प्रतीक्षामा रहेका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । प्लस टुपछि स्नातक तहमा कहाँ, कुन विषय लिई पढ्ने भनेर दोधारमा परेका विद्यार्थीको अन्यौलता हटाउन करिअर कार्निभल २०२४ सञ्चालन गरिएको आयोजक संस्था करिअर कन्सल्ट एन्ड इन्ट्रान्स प्रिपरेसन प्रालि प्रमुख कार्यकारी अधिकृत (सीईओ) रविन बेल्बासेले बताए । स्नातक तह नै विद्यार्थीको करियर बनाउने आधार भएकाले उनीहरू बजारको मागअनुसारको शिक्षा लिनुपर्ने अधिकांश अभिभावकको भावनालाई मध्यनजर गर्दै कार्निभल आयोजना गरिएको हो ।
विद्यार्थीहरू माझ प्राविधिक, सूचना प्रविधि तथा व्यवस्थापनतर्फको आकर्षण बढी पाइएको भन्दै उनले नेपालमै व्यवस्थापन तथा सूचना प्रविधितर्फ उच्च शिक्षामा गुणस्तरीय शिक्षा तथा कम खर्चमा अन्तर्राष्ट्रिय डिग्री हासिल गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नु नै कार्निभलको उद्देश्य रहेको बताए । अवलोकनकर्तालाई निःशुल्क प्रवेशको व्यवस्था मिलाएको प्रदर्शनीमा विद्यार्थीले कलेजका प्रतिनिधिलाई प्रत्यक्ष भेटेर कलेज, विषय, शुल्कलगायतका विषयवस्तुबारे सही सूचना प्राप्त गरेका थिए । प्रदर्शनीमा विभिन्न विज्ञहरूबाट सेमिनार र करियरबारे कक्षासमेत सञ्चालन भएको थियो । कार्यक्रममा पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज र सिए अध्यापन गराउने तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयका सम्बन्धन प्राप्त संस्थाहरूको सहभागिता रहेको थियो ।
प्रदर्शनीमा ३६ वटा कलेजहरूको सहभागिता रहेको थियो भने फुड स्टल, प्राथमिक स्वास्थ्य उपचार, काउन्सिलिड कक्ष समेत गरी ४५ वटा स्टल राखिएको थियो । मनोरञ्जनका लागि पूर्ण राईलगायत विभिन्न कलाकारहरूको प्रस्तुतिसहितको कन्सर्टका साथै गोलाप्रथाबाट विजेताका लागि मुभी टिकटसमेत व्यवस्था गरिएको थियो । करिब सात हजार विद्यार्थीले प्रदर्शनी अवलोकन गर्ने अनुमान गरिएकोमा साढे आठ हजारभन्दा बढीले अवलोकन गरेको आयोजक पक्षले जानकारी दिएको छ । नेपालका उच्च शिक्षण संस्थाहरूको बारेमा जानकारी प्रदान गर्ने, उपलब्ध कार्यक्रम र विद्यार्थीको लागि महत्वपूर्ण अवसरहरूको आवश्यक जानकारी प्रदान गरिएको थियो । नेपालभरका प्लस टु परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई चाहिने जानकारीसहितको अन्तरक्रिया कार्यक्रमको व्यवस्था गरिएको थियो । नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग सम्बद्ध गुणस्तरीय शैक्षिक संस्थाहरूको लागि अनुकूल र लाभदायक वातावरण सिर्जना गर्ने कार्निभलको उद्देश्य
रहेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- भारतीय स्थल सेनाध्यक्ष पाँचदिने औपचारिक भ्रमण पछि स्वदेश फिर्ता
- मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध
- युवा र युवती एकैठाउँमा मृत फेला
- राहदानी विभागको सेवा ठप्प सेवाग्राही आक्रोशित
- प्रतिनिधिसभा सचिव अधिकारीद्वारा राजीनामा
- स्वर्गीय राईप्रति अध्यक्ष दाहालद्वारा श्रद्धाञ्जली अर्पण
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया