युएनभी स्टोरको ओपनिङ, २० प्रतिशतसम्म छुट
काठमाडौं । चिनियाँ टेक जोइन्ट कम्पनी युएनभीले आफ्नो अत्याधुनिक सोरुम सञ्चालनमा ल्याएको छ । राजधानी काठमाडौंको सीटीसी मल सुन्धाराको दोस्रो तल्लामा बुधवार व्यवसायी मीनबहादुर गुरुङ, रोबोर्ट तथा कम्पनीका साउथ एसिया डिरेक्टर स्टेभन टीएनले संयुक्तरूपमा सोरुमको उद्घाटन गरेका हुन् ।
सोरुममा युएनभी कम्पनीका नयाँ प्रविधिमा आधारित सर्भिलेन्स सिस्टम, अटोमेटिक डोरलक सिस्टम, फेस रिकगनाइजेसनमा आधारित एटेन्डस सिस्टम (ई–हाजिरी), भिडियो इन्टरकम सिस्टम, ६५ इन्च, ७५ इन्च, ८६ इन्च र ९८ इन्चका स्मार्ट इन्ट्रयाक्टिभ बोर्डलगायतका डिजिटल सेक्युरिटिजका सबै प्रोडक्ट र सर्भिसहरू उपलब्ध हुने सो कम्पनीका डिरेक्टर हरिराम रिमालले बताए । त्यसैगरी छिट्टै नै नेपालमा अत्याधुनिक रुचाइएको ईभी कारको चार्जिङ स्टेसनमा सहकार्यका लागि छलफल भइरहेको पनि रिमालले बताए । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले आफूहरूले यो टिमसँग विगत १६ वर्षयता डिजिटल सोलुसन लिइरहेको र भविष्यमा अझ नयाँ टेक्नोलोजीहरूमा सहकार्य गर्न आफूहरू इच्छुक रहेको बताए । त्यसैगरी युएनभी कम्पनीका साउथ एसिया डिरेक्टर स्टेभन टिएनले साउथ एसियामै नेपालीहरू व्यावसायिकरूपमा इमान्दार र मेहनती रहेको र आफूहरू नेपालमै टेक्नोलोजीको क्षेत्रमा लगानी बढाउन इच्छुक रहेको बताए ।
युएनभी स्टोरका संस्थापकद्वय हरिराम रिमाल र बद्रिप्रसाद रिमालले उमेरले युवा भए पनि आफूहरूले पाँच वर्ष सहकार्य गर्दा व्यावसायिकरूपमा परिपक्व पाएको बताए । शुभारम्भको अवसरमा स्टोरले ओपनिङ डिस्काउन्टको रूपमा प्रायः सबै प्रोडक्टहरूमा २० प्रतिशत डिस्काउन्ट उपलब्ध गराएको छ ।
अर्को सूचना नआएसम्म डिस्काउन्ट कायम रहने जनाइएको छ । स्टोरको उद्घाटन सत्रमा चार सयभन्दा धेरै सहभागीहरूले स्टोरको अवलोकन गरेका थिए । देशभर एक सय ५० भन्दा धेरै डिलरहरूले काम गरिरहेकाले देशैभर युएनभीका उत्पादनहरू उपलब्ध रहेको छ । यस्तै, स्मार्ट स्टोरहरूलाई विस्तार गर्दै जाने युएनभी नेपालका सेल्स हेड सार्दक अधिकारीले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
- रेमिट्यान्स भित्र्याउनेमा रेकर्ड : सुखद् कि दुःखद्
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
- म्याग्दीमा करिब तीन हजार उद्योग
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया