डब्लूएचओद्वारा मन्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपत्कालको घोषणा
स्वीटजरल्याण्ड । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले मन्कीपक्सलाई विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ । डब्लूएचओले यो रोगलाई लिएर दुई वर्षमा दोस्रो पटक स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।
अहिले कंगोमा यो रोगको प्रक्रोप व्याप्त छ । बाँदर बिफिरजस्तै भाइरल रोग हो यो । यो भाइरसको संक्रमणले सामान्यतया भेरै साइड इफेक्ट गर्दैन, तर दुर्लभ अवस्थामा यो घातक हुन सक्छ । जसका कारण फ्लुजस्ता लक्षण देखिने र शरीरमा पिपले भरिएका घाउहरु देखिन्छन् । यो भाइरस अर्थोपक्स भाइरस जीनस परिवारको सदस्य हो, जुन बिफरको लागि जिम्मेवार छ ।
अफ्रिकामा अहिलेसम्म मन्कीपक्सबाट संक्रमित बिरामीको संख्या १७ हजारभन्दा बढी पुगेको छ । पाँच सय १७ जनाको मृत्यु भइसकेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यस वर्षमा संक्रमितको संख्या एक सय ६० प्रतिशतले बढेको छ । अहिलेसम्म १३ देशहरुमा मन्कीपक्स फैलिएको छ ।
डब्लूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले यो रोगको फैलावट रोक्न र जीवन बचाउन विश्वले मिलेर काम गर्नुपर्ने कुरा स्पष्ट भएको बताएका छन् । यस हप्ताको सुरुमा, अफ्रिकाको शीर्ष सार्वजनिक स्वास्थ्य निकायले अफ्रिकामा मन्कीपक्स आपत्काल घोषणा ग¥यो । यो भाइरल संक्रमण डरलाग्दो दरमा फैलिरहेको चेतावनी पनि दिएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया