Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्राधिकरणका एमडी घिसिङद्वारा शक्तिको दुरुपयोग गर्दै अर्बौँको अनावश्यक सामान खरिद

प्राधिकरणका एमडी घिसिङद्वारा शक्तिको दुरुपयोग गर्दै अर्बौँको अनावश्यक सामान खरिद

केन्द्रीय स्टोरबाट सामान गायब बनाउनेलाई सहयोग


नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले कमिसनकै लागि अर्बौँ रुपैयाँका ट्रान्सफर्मर, इन्सुलेटर, पोल, कन्डक्टर, कन्डक्टर हार्डवयर, पोल एसेसरिजलगायतका सामान खरिद गरेर थन्क्याइदिएका छन् । प्राधिकरणले कतिपय सामान ल्याएको वर्षौँ बिते पनि त्यसको कतैबाट पनि माग आएको छैन । यसअघि स्टोरमा सामान हुँदाहुँदै कुलमानले खरिदको अधिकार आफूमा ल्याएर कुनै पनि बेला चाहिने भनेर सामान खरिद गरेका हुन् । प्रबन्ध निर्देशक घिसिङले आफन्त वा नजिकका व्यक्तिहरुलाई ठेक्का दिएर कतिपय ठाउँमा त्यहीबाट सामान दिएको र त्यसलाई हरायो भन्ने बहाना बनाएको स्रोतको दाबी छ । प्राधिकरणको ग्राहक सेवा निर्देशनालयअन्तर्गतको केन्द्रीय स्टोर र भक्तपुरको खरिपाटी तालिम केन्द्रको गोदाममा ती सामान थन्क्याएर खिया लगाउने काम भएको छ । ‘पछि काम आउँछ भनेर अर्बौको सामान खरिद गरेर बजेट दुरुपयोग गरे पनि कतैबाट छानबिन र कारबाही अगाडि नबढ्नु दुःखद कुरा हो’, प्राधिकरणकै एक अधिकारीले आर्थिक दैनिकसित भने, ‘साना–साना विषयमा छानबिन गरेर चर्चामा आउने संसद्का समिति हुन् वा अख्तियार दुरुपयोग अनुन्धान आयोग कतैबाट पनि चासो नदेखाइनु कुलामानको भ्रष्टाचारमा मौन समर्थन गर्नु हो ।’कुलमानले खरिद अधिकार लिएर धमाधम सामान खरिद गरेर गोदाममा थन्क्याउने र ती सामान काम नलाग्ने बनाउँदा पनि प्राधिकरणको कर्मचारी युनियन नै मौन छन् । स्रोतका अनुसार खरिपाटी गोदममा राखिएका कतिपय विद्युत् ट्रान्सफर्मरहरु मर्मत गरेर मात्र सञ्चालन गर्नुपर्ने अवस्थामा पुगेको छ भन कतिपयको माग नै हुने देखिँदैन । प्रबन्ध निर्देशक घिसिङले कमिसनका लागि महँगा सामान खरिद गरेका हुन् ।

लामो समयसम्म स्टोरमा सामान राख्दा प्राधिकरणको रकमको दुरुपयोग भएको छ भने कतिपय सामान क्रमशः हराउँदै जाँदा पनि प्राधिकरणको नेतृत्वले थाहा पाएर पनि नपाएको जस्तो गरिदिँदा थप दुरुपयोग बढेको छ । सरकारी वा सार्वजनिक संस्थानहरुले आवश्यक परेको बेलामा मात्र सामान खरिद गर्नुपर्नेमा प्रबन्ध निर्देशक घिसिङले पछि चाहिने भन्दै अगाडि नै सामान खरिद गरेर थन्क्याएर राज्यको रकमको दुरुपयोग गरेका हुन् । सामान खरिद गरेर कुलमानले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक आयुक्तका आफन्तलाई ग्राहक सेवा निर्देशनालयको प्रमुख बनाएका थिए । केन्द्रीय गोदाम ग्राहक सेवा निर्देशनालयअन्तर्गतको हो ।

प्राधिकरणलाई कुलमानले जति व्ययभार लगाए पनि कतैबाट पनि प्रश्न नगर्नुलाई सबैतिर सेटिङको रुपमा हेरिएको छ । कुलमान यस्ता व्यक्ति हुन् जसले पैसा लगानी गरेर आफ्नो पक्षमा वकालत गर्न लगाउँदै आएका छन् । अहिले उनले एउटा समूह खडा गरेका छन्, जसले बेला–बेलामा भन्ने गरेको छ, ‘कुलमानलाई छोएर त हेर ।’ जसले जतिसुकै प्रतिरक्षा गरे पनि कुलमानले प्राधिकरणलाई ठूलो भार पार्नेगरी सामान खरिद गरेर गोदामहरुमा राखेका छन् । खरिपाटी र हेटौंडाको गोदाममा कति सामान छ ? ती सामान कहिले खरिद गरियो ? कहाँबाट माग आएर खरिद गरियो ? त्यहाँ खरिद गरेकोमा सामान कहाँ प्रयोग भयो र अहिले कति बाँकी छ ? पहिला नै सामान खरिद गर्नुको औचित्य पुष्टि हुन्छ वा हुँदैन भन्ने विषयमा छानबिन हुने हो भने कुलमानको नाटक चाँडै सकिन्छ । तर, अहिले कसैले पनि उनको बारेमा प्रश्न गर्न सकेका छैनन् । अबौंँका कमिसन लिएर करोडौँ बाँडेर कुलमानले प्राधिकरणभित्र लूटतन्त्र मच्चाए पनि छानबिन गर्नुपर्ने निकाय मौन छ । यतिसम्म कि उनको बारेमा डेढ दर्जन बढी उजुरी प्रमाणसहित अख्तियारमा पर्दासमेत अख्तियार मौन छ ।

कुलमानले आफ्नो शक्तिको दुरुपयोग गरेर खरिद आफूमातहत गरे पनि त्यसको बारेमा कतैबाट प्रश्न सोध्ने कामसमेत भएको छैन । यतिसम्म कि संसद्को सार्वजनिक लेखा समितिले खरिपाटीमा गएर प्राधिकरणले थन्क्याएर राखेको सामान पनि हेर्न सकेको छेन । आवश्यक नभएको बेला पछिका लागि सामान खरिद गर्नु भनेको पैसाको दुरुपयोग नै हो । तर, सबैतिर मौन रहनुले उनको कमिसनको रकम चारैतिर पुगेको अनुमान गरिएको छ । कुलमानले आफूलाई लोडसेडिङ हटाउने मुख्य योजनाकार रहेको दाबी गरे पनि नेपाल सरकारले ल्याएको कार्यक्रमअन्तर्गत लोडसेडिङ अन्त्य भएको हो । कुलमान आफू प्रबन्ध निर्देशक भएपछि ठूलो विद्युत् आयोजना शिलान्यास भएर उत्पादन नै भएको छैन । लोडसेडिङ हट्ने बेला हुनै लाग्दा प्राधिकरणको नेतृत्व लिएका कुलमानले आफूले मात्र लोडसेडिङ हटाएको भनेर सबैजसो ऊर्जामन्त्री र सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीकै हुर्मत लिने काम गरिरहेका छन् । कुलमानले शक्तिको चरम दुरुपयोग गरेर पीपीएमा पनि ठूलो घोटाला गरेका छन् । उनले ६६ वटा कम्पनीसँग कानुनविपरीत पीपीए गर्दा नेपाल सरकारको खातामा आउने एक करोड १७ लाख २६ हजार ५२० रुपैया राजस्व गुमेको भनेर एन्टी करप्स नेटवर्कका रमेश प्रसाद खरेलले अख्तियारमा उजुरी नै गरेका छन् । चर्चामा आउनका लागि घिसिङले प्राधिकरणलाई नाफामा लगेको भनेर नक्कली विवरण बनाएका छन् । उठ्दै नउठेको रकमलाई नाफामा राखेर उनको कर तिरेर प्राधिकरणलाई थप घाटामा पारेका छन् । कुलमानले ठेक्का दिने क्रममा सबैभन्दा बढी पैसा कमाएका छन् । उनले अधिकांश ठेक्का सेटिंङ्गमा दिएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x