Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारउपकार लघुवित्तको खुद नाफा एक करोड ८५ लाख

उपकार लघुवित्तको खुद नाफा एक करोड ८५ लाख


काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा एक करोड ८५ लाख ७८ हजार रुपैैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा दुई करोड ३६ लाख ४० हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्तापुँजी १० करोड ६१ लाख ४८ हजार रुपैयाँ रहेको संस्थाले आव २०८०/८१ मा एक अर्ब १९ करोड ५७ लाख ५९ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब १७ करोड ७६ लाख २९ हजार रुपैैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १३ करोड २९ लाख ९९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ८३ लाख १४ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव १३ प्रतिशत रहेको छ ।

अघिल्लो आवमा भने संस्थाले एक अर्ब आठ करोड ६५ लाख ६० हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ९२ करोड ८३ लाख ५७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ११ करोड ८२ लाख ९१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ६१ लाख ८१ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव १२ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x