नेसनल लाइफ नयाँ भवनमा वास्तुपूजा
काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको अत्याधुनिक सुविधा सम्पन्न भवनको वास्तुपूजा सम्पन्न भएको छ । कम्पनीले नेपालगञ्ज सुर्खेत रोडमा निर्माण सम्पन्न गरेको अत्याधुनिक सेवा सुविधासहितको व्यापारिक भवनको कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहबाट वास्तुपूजा सम्पन्न भएको हो ।
वास्तुपूजामा कम्पनीका सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृतलगायत उच्च पदस्थ कर्मचारीसहित वरिष्ठ अभिकर्ताको सहभागिता रहेको थियो । सो समारोहमा अध्यक्ष सिंहले कम्पनीको यो भवन लुम्बिनी प्रदेशकै व्यापारिक हव बन्न सहयोग पुग्ने प्रक्षेपण गरिएको र यस भवनमा कम्पनीको कार्यालयको अतिरिक्त अन्य व्यापारिक कार्यालयहरू समेत सञ्चालन गरिने योजना रहेको बताइन् ।
पूजामा सहभागी वरिष्ठ अभिकर्ताले आफ्नो क्षेत्रमा कम्पनीको अत्याधुनिक भवन निर्माण सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै भवन निर्माणबाट यस क्षेत्रको बीमा व्यवसाय प्रवर्द्धन हुनेमा आफूहरू विश्वस्त रहेको बताएका थिए । ७२ अर्बभन्दा बढी जीवन बीमाकोष रहेको देशकै ठूलो बीमा कम्पनीमध्येको एक नेसनल लाइफ इन्स्योरेन्सले नियामक निकाय नेपाल बीमा प्राधिकरणको स्वीकृतिमा भवन निर्माण गरेको हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया