भक्तपुर क्यान्सर अस्पतालको नयाँ हस्पिटल एप
काठमाडौं । मिदाससँगको सहकार्यमा भक्तपुर क्यान्सर अस्पतालले भर्खरै आफ्नो नयाँ हस्पिटल मोबाइल एप सञ्चालनमा ल्याएको छ । यो एपमार्फत बिरामीहरूले भक्तपुर क्यान्सर अस्पतालका सेवाहरू लिन सजिलै र सहजरूपमा अनलाइन अपोइन्टमेन्ट बुकिङ गर्न सक्छन् ।
यस एपमा नेपाल सरकार स्वास्थ्य बीमा बोर्डले उपलब्ध गराएको स्वास्थ्य बीमा भएका प्रयोगकर्ताहरूले निःशुल्क अस्पतालको टिकट बुक गर्नका लागि आफ्नो बीमा जानकारी प्रविष्ट गरी प्रमाणीकरण गर्न सक्ने व्यवस्था पनि छ । मिदास हेल्थ सर्भिसेजले विभिन्न अस्पतालका ओपीडी सेवाका लागि डाइनामिक क्युआर भुक्तानीको विकास पनि गरेको छ । साथै, बिरामीहरूलाई उनीहरूको घरबाटै आरामले अनलाइन मेडिकल अपोइन्टमेन्टहरू लिन सहज बनाएर अस्पतालहरूका सेवाहरूलाई निकै सहज बनाएको छ । यसले अस्पतालहरूसम्म पुगेर लामो लाइनमा बस्नुपर्ने झन्झट कम गराएको छ भने भिडभाड कम हुँदा अस्पतालको सेवालाई गुणस्तरीय पनि बनाउन सहयोग पुगेको छ ।
मिदासले विकास गरेको हस्पिटल एपमार्फत बिरामीहरूले ओपीडी टिकटहरू बुकिङ र किन्ने सँगसँगै घरबाटै आरामले मेडिकल अपोइन्टमेन्टहरू लिने तथा प्रयोगशाला रिपोर्टहरू प्राप्त गर्न सकिने व्यवस्था पनि छ । सरकारी स्वास्थ्य बीमा कभरेज भएका व्यक्तिहरूलाई निःशुल्क टिकट बुक गर्ने सुविधा र अस्पतालको सेवालाई थप पहुँचयोग्य र सुलभ बनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3
ताजा अपडेट
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
- रेमिट्यान्स भित्र्याउनेमा रेकर्ड : सुखद् कि दुःखद्
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
- म्याग्दीमा करिब तीन हजार उद्योग
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया