इन्जिनियरिङ पढ्ने विद्यार्थीहरूलाई १५ करोडको छात्रवृत्ति
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजले जेहेन्दार विद्यार्थीहरूका लागि १५ करोड बढीको छात्रवृत्ति छुट्याएको बताइएको छ । राजधानीमा पत्रकार सम्मेलन गरी कलेजले हरेक वर्ष स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई १५ करोड बढीको छात्रवृत्ति प्रदान गरिएको जानकारी दिएको हो ।
चाँगुनारायण नगरपालिकाका मेयर समेत रहेका कलेज सञ्चालन समितिका अध्यक्ष जीवन खत्रीले इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीलाई १५ देखि १८ करोड रुपैयाँसम्म छात्रवृत्ति दिने गरेको जानकारी दिए । ‘पैसा नभए पनि इन्जिनियरिङ पढ्न भनेर नेपाल इन्जिनियरिङ कलेजमा आएका जेहेन्दार विद्यार्थीले पढ्न पाउँछन्’, उनले भने । योग्य विद्यार्थीहरू पैसाका अभावका कारणले इन्जिनियरिङ कलेजमा पढ्न पाउँदैन भने त्यो विद्यार्थीलाई चाँगुनारायण नगरपालिकाले पढाउने जिम्मा लिने पनि उनले बताए । यस्तै, उनले स्वदेशमै गुणस्तरीय शिक्षा दिने शैक्षिक संस्था हुँदाहुँदै लाखौँ खर्च गरेर सानै उमेरका विदेशिनु गलत रहेको उल्लेख गरे । ‘प्लस टु पास हुनेबित्तिकै विदेश जानुभन्दा पनि दक्ष भएर सिप सिकेर विश्वको जुनसुकै बजारमा प्रतिष्पर्धा गर्न सक्नेगरी जानुपर्छ’, उनले भने । कलेजले उत्पादन गरेका जनशक्ति विश्वमै प्रतिष्पर्धा गर्न सक्ने उनको दाबी छ ।
पोखरा विश्वविद्यालयले प्रदान गर्ने १० प्रतिशत छात्रवृत्तिसँगै कलेजले स्थानीय तह (वडा, नगरपालिका) छात्रवृत्ति, प्रादेशिक छात्रवृत्ति, कलेज टपर छात्रवृत्ति, सेमेस्टर टपर छात्रवृत्तिसमेत दिने अध्यक्ष खत्रीले जानकारी दिए । कलेजका प्राचार्य सह–प्राध्यापक दुर्गाप्रसाद भण्डारीले तत्कालीन चाँगुनारायण गाविसले कलेज सञ्चालनका लागि एक सय ७६ रोपनी जग्गा भोगचलनका लागि उपलब्ध गराएकाले कलेज चलाउन भाडा तिर्नुपर्ने अवस्था नरहेको बताए । कलेज गैरनाफामूलक भएकोले पनि विद्यार्थीहरूलाई बढी छात्रवृत्ति दिइएको, शुल्क कम गरिएको उनले जानकारी दिए ।
यस्तै, उनले कम शुल्क लिएर पनि कलेजले गुणस्तरीय शिक्षा दिइरहेको दाबी गरे । ‘विद्यार्थीलाई चाहिने वातावरण, पूर्वाधार, ल्याब, अत्याधुनिक पुस्तकालय, पाठ्यक्रम र पाठ्यक्रममा नभएका सिप सिक्ने विषयहरू पनि हामीले दिएका छौँ’, उनले भने । कलेजका सहायक प्राध्यापक यमकृष्ण पौडेलले पोखरा विश्वविद्यालयले केही समय अगाडि मात्रै पाठ्यक्रमहरू समय सापेक्ष संशोधन गरिसकेको बताउँदै कलेजले गुणस्तरीय शिक्षामा कुनै सम्झौता नगरेको बताए । उनका अनुसार कलेजले इन्जिनियरिङ विधाका विभिन्न विषयमा दशौं हजार दक्ष जनशक्ति उत्पादन गरिसकेको छ । चाँगुनारायण नगरपालिका, भक्तपुरमा रहेको उक्त इन्जिनियरिङ कलेजमा हाल स्नातक तथा स्नातकोत्तर तहका विषयहरूमा अध्ययन÷अध्यापन हुँदै आएको छ ।
कलेजले स्नातक तहतर्फ छ वटा विषय र स्नातकोत्तर तहतर्फ चारवटा विषय अध्ययन अध्यापन गराउँदै आएको जनाएको छ । कलेजमा हरेक वर्ष स्नातक तहमा चार सय ८० जना विद्यार्थी र स्नातकोत्तर तहमा एक सय ५० विद्यार्थीहरू भर्ना हुने गरेका छन् । उक्त कलेजसँग करिब दुई सय रोपनी जग्गामा पूर्वाधार रहेको छ ।
क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #page 3
ताजा अपडेट
- अनावश्यक खर्च कटौती गर्नुपर्छ: मुख्यमन्त्री कार्की
- भारतीय स्थल सेनाध्यक्ष पाँचदिने औपचारिक भ्रमण पछि स्वदेश फिर्ता
- मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध
- युवा र युवती एकैठाउँमा मृत फेला
- राहदानी विभागको सेवा ठप्प सेवाग्राही आक्रोशित
- प्रतिनिधिसभा सचिव अधिकारीद्वारा राजीनामा
- स्वर्गीय राईप्रति अध्यक्ष दाहालद्वारा श्रद्धाञ्जली अर्पण
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया