बीवाईडीले पाकिस्तानमा कार उत्पादन प्लान्ट खोल्ने
कराँची । चिनियाँ विद्युतीय कार निर्माता कम्पनी बीवाईडीले शनिबार पाकिस्तानमा कार उत्पादन प्लान्ट खोल्ने घोषणा गरेको छ । बीवाईडीले पाकिस्तानको मेगा मोटर्ससँगको साझेदारीमा तीनवटा मोडेल उत्पादन गरी बिक्री गर्नेछ ।
बीवाईडी पाकिस्तानी बजारमा पहिलो प्रमुख नयाँ विद्युतीय सवारी प्रवेशकर्ता हो । पाकिस्तानमा चार्जिङ पूर्वाधारको अभावका कारण विद्युतीय कारको प्रयोग बढ्न सकेको छैन ।
एसिया प्यासिफिकका लागि बीवाईडीका महाप्रबन्धक लिउ जुलियाङले पाकिस्तानी बजारमा बीवाईडीको प्रवेश उपभोक्ताका लागि उन्नत सवारीसाधन उपलब्ध गराउनु मात्र नभएको बताएका छन् । उनले वातावरणीय जिम्मेवारी र प्राविधिक नवाचारको फराकिलो दृष्टिलाई निर्देशन गर्नेबारे महत्वपूर्ण रहेको बताए ।
बीवाईडीले साझेदारी गर्न लागेको मेगा मोटर्स पाकिस्तानको सबैभन्दा ठस्लो निजी गाडी विक्रेता कम्पनी हो जसलाई हुब्को भनेर चिनिन्छ । नयाँ प्लान्ट सन् २०२६सम्म सञ्चालनमा आउने मेगा मोटर्सका प्रमुख कार्यकारी अधिकृत कमरान कमलले जानकारी दिएका छन् । हुब्कोले पाकिस्तानमा तीव्ररुपमा चार्जिङ पूर्वाधार विस्तार गर्ने रणनीति पनि बनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया