कजारिया रमेश टायल्सको सोरुम धनगढीमा
काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले धनगढीमा राठी इन्टरप्राइजेजद्वारा सञ्चालित कजारिया ग्यालेक्सी सोरुमको भव्य उद्घाटन गरेको छ । यो अत्याधुनिक सोरुम पश्चिम नेपालमा सबैभन्दा ठूलो टायल्स सोरुमको रूपमा रहेको कम्पनीले जनाएको छ ।
धनगढीको मुख्य सडकमा अवस्थित २५०० वर्ग मिटरको राठी इन्टरप्राइजेजद्वारा सञ्चालित कजारिया ग्यालेक्सी सोरुम आधुनिक डिजाइनका टायल्सहरूको लागि प्रमुख गन्तव्य बन्ने अपेक्षा गरिएको छ । यस सोरुमले स्थानीय अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने र रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्नुका साथै क्षेत्रको समग्र विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ । कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले राठी इन्टरप्राइजेजद्वारा सञ्चालित धनगढीमा कजारिया ग्यालेक्सी सोरुम सञ्चालनले पश्चिम नेपालका ग्राहकलाई उच्चतम गुणस्तरका टायलहरू उपलब्ध गराउने प्रतिबद्धताको प्रमाण भएको बताए ।
कम्पनीका अनुसार स्वस्तिवाचनमार्फत सुरुवात गरिएको सोरुम उद्घाटन कार्यक्रममा राठी इन्टरप्राइजेजका गौरीशंकर राठी र महालक्ष्मी देवी राठीले दीप प्रज्वलन गरेका थिए । कार्यक्रममा कजारियाका निर्देशक हिमांशु अग्रवाल, कजारियाका कन्ट्री म्यानेजर प्रवीण सिंह, धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल, सोही उपमहानगर वडा नं ४ का अध्यक्ष बुद्धि बहादुर खड्कासहित स्थानीयवासी, उद्योग व्यवसायीहरूको उपस्थिति थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध
- युवा र युवती एकैठाउँमा मृत फेला
- राहदानी विभागको सेवा ठप्प सेवाग्राही आक्रोशित
- प्रतिनिधिसभा सचिव अधिकारीद्वारा राजीनामा
- स्वर्गीय राईप्रति अध्यक्ष दाहालद्वारा श्रद्धाञ्जली अर्पण
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
- सुनको मूल्य आज एक लाख ६७ हजार दुई सय कायम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया