Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएसियन पेन्ट्स ‘कलाइडोस्कोप’ प्रतियोगिताका विजेता घोषित

एसियन पेन्ट्स ‘कलाइडोस्कोप’ प्रतियोगिताका विजेता घोषित


काठमाडौं । एसियन पेन्ट्स नेपालले आर्किटेक्चर एन्ड इन्टेरियर डिजाइन २०२३/२४ को ११ औं कलाइडोस्कोप प्रतियोगिताका विजेताहरूको नाम घोषणा गरेको छ । प्रतियोगितामा आईओई पुल्चोक क्याम्पसकी छात्रा आयुषा कोइरालाले प्रथम स्थान हासिल गरेकी छिन् । साथै, उनले ७० हजार रुपैयाँ नगद पुरस्कार हात पार्न सफल भइन् । एक्मे इन्जिनियरिङ कलेजका सुशन श्रेष्ठ र हिमालयन कलेज अफ इन्जिनियरिङका आशीष ओलीले क्रमशः द्वितीय र तेस्रो स्थान हासिल गरे । उनीहरू क्रमशः ४० हजार र ३० हजार रुपैयाँ नगदसहित पुरस्कृत भएका छन् । यसैगरी सान्त्वना पुरस्कार प्राप्त गर्ने काठमाडौं इन्जिनियरिङ कलेजका विपिन महर्जन र हिमालयन कलेज अफ इन्जिनियरिङका केवल लामाले नगद पुरस्कार १०/१० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

विजेताहरूलाई पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डे र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी अध्यक्ष निशा शर्माले एक समारोहका बीच पुरस्कारहरू प्रदान गरेका थिए । काठमाडौंमा आयोजना गरिएको सो पुरस्कार वितरण कार्यक्रममा अन्य विशिष्ट पाहुनाहरूको पनि उपस्थिति रहेको थियो । कम्पनीले नेपाली प्रतिभाशाली आर्किटेक्टहरूको प्रतिभा प्रदर्शनी र उनीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले वार्षिकरूपमा कलाइडोस्कोप कार्यक्रमको आयोजना गर्ने गरेको छ । यस कार्यक्रमले कलेजहरू, प्रोफेसनल आर्किटेक्टहरू र उपभोक्तालाई एक साथ भेला गर्ने गरेको छ ।

प्रतियोगितामा विजयी भएको डिजाइन र उपभोक्तालाई थप कार्यान्वयनका लागि हस्तान्तरण गरिएको छ । यस कार्यक्रमको यो संस्करणमा ११ वटा आर्किटेक्चरल कलेजका ३९ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए । उनीहरूले एकसाथ नेपाल साहित्य तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्रस्तावित भवनको डिजाइन गरेका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x