बैंकहरूको निक्षेप ६४ खर्ब १९ अर्ब
संस्थागत निक्षेपको अंश ३६ प्रतिशत
काठमाडौं । बैंकिङ क्षेत्रको कुल निक्षेप सङ्कलन ६४ खर्ब रुपैयाँभन्दा बढी छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार साउन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ६४ खर्ब १९ अर्ब रुपैयाँ कायम छ । कुल निक्षेप सङ्कलनमध्ये वाणिज्य बैंकहरूसँग ५६ खर्ब ९३ अर्ब रुपैयाँ छ । यसबाहेक विकास बैंक र फाइनान्स कम्पनीहरूको निक्षेप सङ्कलन सात खर्ब २६ अर्ब रुपैयाँ छ ।
राष्ट्र बैंकका अनुसार पछिल्लो अवधिमा बैंकिङ क्षेत्रको कुल कर्जा ५१ खर्ब ६२ अर्ब रुपैयाँ छ । उक्त कर्जामध्ये वाणिज्य बैंकहरूले प्रवाह गरेको कर्जा ४५ खर्ब ४८ अर्ब रुपैयाँ छ भने विकास बैंक र फाइनान्स कम्पनीहरूले प्रवाह गरेको कर्जा पाँच खर्ब ९४ अर्ब रुपैयाँ छ ।
आर्थिक वर्ष २०८०/८१ मा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १३ प्रतिशत अर्थात् सात खर्ब ४२ अर्ब ३७ करोड रुपैयाँले बढेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो निक्षेप १२ दशमलव तीन प्रतिशत अर्थात् छ खर्ब २७ अर्ब २५ करोड रुपैयाँले बढेको थियो । २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः पाँच दशमलव आठ प्रतिशत, ३० दशमलव तीन प्रतिशत र ५६ दशमलव चार प्रतिशत छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः सात दशमलव सात प्रतिशत, २६ दशमलव छ प्रतिशत र ५८ दशमलव नौ प्रतिशत थियो । २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६ दशमलव दुई प्रतिशत छ । २०८० असार मसान्तमा यस्तो निक्षेपको अंश ३६ दशमलव छ प्रतिशत थियो ।
बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा भने आर्थिक वर्ष २०८०/८१ मा पाँच दशमलव आठ प्रतिशत अर्थात् दुई खर्ब ७६ अर्ब ९४ करोड रुपैयाँले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा तीन दशमलव आठ प्रतिशत अर्थात् एक खर्ब ७५ अर्ब ९४ करोड रुपैयाँले बढेको थियो । बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश भने आर्थिक वर्ष २०८०/८१ मा ६३ दशमलव तीन प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६ दशमलव सात प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६२ दशमलव सात प्रतिशत र ३७ दशमलव तीन प्रतिशत थियो । आर्थिक वर्ष २०८०/८१मा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह पाँच दशमलव आठ प्रतिशतले, विकास बैंकहरूको कर्जा प्रवाह पाँच प्रतिशतले र फाइनान्स कम्पनीहरूको सात दशमलव सात प्रतिशतले बढेको छ ।
२०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये ६६ दशमलव पाँच प्रतिशत कर्जा घरजग्गाको धितोमा र १३ दशमलव दुई प्रतिशत कर्जा चालू सम्पत्ति अर्थात् कृषि तथा गैरकृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ । २०८० असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६८ प्रतिशत र ११ दशमलव छ प्रतिशत थियो ।
आर्थिक वर्ष २०८०/८१ मा बैंक तथा वित्तीय संस्थाहरूको कृषि क्षेत्रतर्फको कर्जा शून्य दशमलव नौ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा आठ दशमलव आठ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १६ दशमलव सात प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा एक दशमलव पाँच प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा छ दशमलव दुई प्रतिशतले बढेको छ ।
आव २०८०/८१ मा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित आवधिक कर्जा २२ दशमलव दुई प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) नौ दशमलव छ प्रतिशतले, मार्जिन प्रकृति कर्जा १८ दशमलव एक प्रतिशतले र ट्रस्ट रिसिट अर्थात् आयात कर्जा १२ दशमलव छ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा हायर पर्चेज कर्जा २२ प्रतिशतले, ओभर ड्राफ्ट कर्जा ४६ दशमलव तीन प्रतिशतले र डिमान्ड तथा चालू पुँजी कर्जा १७ दशमलव छ प्रतिशतले घटेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया