Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधविपत् उद्धारका लागि विमान उपलब्ध गराउने अमेरिकी प्रतिबद्धता

विपत् उद्धारका लागि विमान उपलब्ध गराउने अमेरिकी प्रतिबद्धता


काठमाडौँ । संयुक्त राज्य अमेरिकाले विपत् उद्धार तथा राहत कार्यमा सहयोग गर्न नेपाललाई विमान उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । विमान उपलब्ध गराउने दिशामा अमेरिकी विदेश मन्त्रालयअन्तर्गतका तीनवटा विभिन्न अनुदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त भएको यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ । दुई देशहरूबीचको दौत्य सम्बन्धलाई सुदृढ तुल्याउने क्रममा उक्त सहयोगको प्रतिबद्धता व्यक्त गरिएको हो ।

सन् २०२१ मा अमेरिकाले सन् २०२५ जनवरीसम्म तीन करोड ७० लाख डलरबराबरका दुईवटा एम२८ स्काइट्रक उपलब्ध गराउने सहमति भएको दूतावासले जनाएको छ । “छोटा धावनमार्गमा उडान र अवतरण गर्नसक्ने क्षमता भएका स्थिर पखेटा भएका विमान हुन् । यीमध्येको एउटा विमान हवाई एम्बुलेन्स हो”, दूतावासले भनेको छ । यस अनुदान कार्यक्रममा विमानचालक र मर्मतकर्ताका लागि तालिमको व्यवस्थाका साथै पार्टपुर्जा सहयोग समेत समावेश गरिएको छ ।

सन् २०२२ मा अमेरिकाले नेपाललाई दुईवटा बेल ४१२ हेलिकोप्टर उपलब्ध गराउन सहमति जनाएको थियो । ती हेलिकोप्टरहरू आगामी केही वर्षमा उपलब्ध हुने अपेक्षा गरिएको छ । चार करोड ४० लाख डलरको उक्त अनुदान कार्यक्रममा विमानचालक र मर्मतकर्ताका लागि तालिमको व्यवस्थाका साथै बन्दोबस्ती सहयोग समेत समावेश गरिएको छ ।

व्यवस्थापन तथा स्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड वर्माले गत साता आफ्नो नेपाल भ्रमणका क्रममा अमेरिकाले अतिरिक्त हेलिकोप्टर, तालिम र सहायता उपकरणका लागि थप १० करोड डलरको अनुदान सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । यद्यपि, उक्त सहायता अमेरिकी कंग्रेसबाट सूचना प्राप्त भई आर्थिक स्रोतको उपलब्धता सुनिश्चित भएपछि प्रदान गरिने दूतावासको भनाइ छ ।


क्याटेगोरी : बिबिध, समाचार
ट्याग : #page 2

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x