चाडपर्व नजिकिँदै जाँदा बढ्यो अवैध कपडाको खुलेआम आयात
विराटनगर । हिन्दु धर्मालम्बीका चाडपर्व सुरु भएसँगै बढ्न थालेको कपडालगायत सामग्रीको मागलाई पूर्ति गर्न पूर्वी नेपालमा अवैध बाटो अपनाउन थालिएको छ । नेपाल–भारत खुला सीमा नाकाबाट हुने भन्सार राजस्व चोरी नियन्त्रणको जिम्मेवारी बोकेको सशस्त्र प्रहरीको बीओपी समेत कपडा तस्करीका लागि सहज बातावरण बनाउन लागि परेपछि कपडा तस्करी बढ्न थालेको हो ।
विराटनगरसँग भारतीय सीमा जोडिएको इस्लामपुर नाका बेलुका ८ बजेपछि प्रहरीकै सेटिङमा कपडा तस्करीका लागि उर्वर नाका बन्न थालेको छ । कोशी प्रदेशको राजधानी विराटनगर बजारमा कपडाको व्यापार गर्दै आएका व्यवसायीहरूले सरकारले कपडा आयातको लागि एलसी समेत खोल्न नसक्ने गरी व्यावसायिक वातावरण नै बिगारेको आरोप लगाउने गरेका छन् । एलसी खोल्न नसक्ने बताउने विराटनगरलगायत पूर्वी बजारका कपडा व्यापारीहरूले अवैधरूपमा कपडा आयातको धन्धा गर्नेसँग कपडाको माग गर्न थालेका छन् । सोपछि अवैध बाटो हुँदै कपडाको आयात बढेको हो । हाल रात पर्नासाथ विराटनगरको पुरानो भन्सारसँगै जोडिएको इस्लामपुर भारतीय नाका अवैध कपडा आयातका लागि प्रमुख केन्द्र बन्न थालेको छ ।
समाचार स्रोतका अनुसार विराटनगरबाट केही व्यापारीहरू पछिल्लो समय नयाँ–नयाँ ब्रान्डका कपडा आयातमा सक्रिए देखिएसँगै सशस्त्र प्रहरीको बीओपीले समेत अवैध कपडा आयातमा सहयोग गर्ने गरेको खुलेको हो । भन्सारमा रजिस्ट्रर नभएका विभिन्न ब्रान्डका कपडाहरू अचेल बजारमा सजिलै पाउन थालिएको छ । व्यवसायीहरूले सशस्त्र प्रहरीको बीओपीसँगै राजस्व, भन्सारलगायतका कर्मचारीसँग पनि सेटिङ मिलाएर कपडाको आयात गर्दै आएको थाहा भएको छ । पछिल्लो समय वैध तरिकाबाट कपडाको आयात ठप्प भएसँगै विराटनगरसँगै भारतीय सीमानाका जोडिएको इस्लामपुर भारतीय नाका कपडा तस्करीका लागि प्रमुख मार्ग बनेको हो । सोही नाकाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको बीओपीसँग सेटिङ मिलाएर व्यापकरूपमा कपडाको अवैध आयातले तीव्रता पाएको दाबी स्रोतले गरेको छ । दिनभर सुनसान देखिने इस्लामपुर नाका राति ८ बजेपछि गुल्जार बन्ने गरेको छ ।
क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया