अध्यक्ष दाहालद्वारा उपाध्यक्ष कार्कीको निधन प्रति दुःख व्यक्त
काठमाडौँ । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष एवं माओवादी कर्णाली प्रदेश समिति सचिवालय सदस्य चन्द्रसिंह कार्कीको निधनप्रति नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गरेका छन् ।
कार्की सुर्खेतबाट नेपालगञ्जतर्फ गइरहेका बेला भेरीगङ्गा नगरपालिका–५ स्थित एमाले मोडमा सवारी दुर्घटनामा परी घाइते भएका थिए । उनको गए राति नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।
अध्यक्ष दाहालले दिवङ्गत कार्कीप्रति श्रद्धाञ्जली र जीवनसङ्गीनी एवं कर्णाली प्रदेशसभा सदस्य जुम्कीत लामासहित शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दै उक्त दुर्घटनामा घाइते भई उपचाररत हुम्ला ताजाकोट गाउँपालिका अध्यक्ष एवं पार्टीका कर्णाली प्रदेश समिति सहसचिव लालकेश जैशीलगायत सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
क्याटेगोरी : समाचार, गाउँ पालिका
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया