पहिराले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध हुँदा भक्तजन अलपत्र
ढोरपाटन , अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध हुँदा भक्तजन अलपत्र परेका छन् । सालझण्डी–ढोरपाटन सडकअन्तर्गत बागलुङको ढोरपाटन नगरपालिका–७ धारबोटस्थित सडक माथिदेखि पहिरो खस्दा आज दिउँसोदेखि सडक ठप्प भएको हो ।
सडक पूर्ण रूपमा अवरुद्ध हुँदा नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनस्थित ढोरबराह मन्दिरमा पूजा गरेर फर्किने सयौँ भक्तजन समस्यामा परेको ढोरपाटन नगरपालिका उपप्रमुख धनबहादुर कायतले जानकारी दिनुभयो । सोमबार रातिदेखि परेको वर्षाले सडकका धेरै ठाउँमा पहिरो झरेकाले खुलाउने प्रयास भइरहेको उनले बताए । “रातिबाट नै ठूलो पानी परेको थियो, भारी वर्षा हुँदा सडक पूर्ण रूपमा बन्द भएको हो । सडक अवरुद्ध हुँदा धेरैलाई समस्या परेको छ । हामीले सडक खुलाउने प्रयास गरिरहेका छौँ”, उपप्रमुख कायतले भन्नुभयो, “जनैपूर्णिमामा ढोरबराह मन्दिरमा पूजाआजाका लागि देशभरबाट आउनुभएका भक्तजन फर्कन थालेका थिए । सडक अवरुद्ध हुँदा उनीहरू समस्यामा परेका छन् ।”
यस सडकको विभिन्न ठाउँ भूजीखोलाले कटान गरेको छ । भारी वर्षा भएपछि सडकको ठाउँठाउँमा पहिरो गएकाले यात्रा गर्दा सतर्कता अपनाउन नगरपालिकाले आग्रह गरेको छ ।रासस
क्याटेगोरी : समाचार
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया