Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षावैदेशिक शिक्षा र भ्रमणमा करिब दुई खर्ब बाहिरियो

वैदेशिक शिक्षा र भ्रमणमा करिब दुई खर्ब बाहिरियो


काठमाडौं, नेपालबाट विदेशमा पढ्न र घुम्न जाने नपालीले एक वर्षमा एक खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ खर्च गरेका छन् । राष्ट्र बैंकको तथ्याङ्कअनुसार विदेश अध्ययनमा जाने नेपाली विद्यार्थीले गत आर्थिक वर्ष २०८०÷८१मा एक खर्ब २५ अर्ब १३ करोड रुपैयाँ लगेका छन् ।विदेश भ्रमणमा जाने नेपालीले एक वर्षमा ६४ अर्ब ३० करोड रुपैयाँ खर्च गरेका छन् ।

अघिल्लो आर्थिक वर्षमा नेपालबाट विदेश अध्ययनमा जाने विद्यार्थीले एक खर्ब ४२ करोड रुपैयाँ खर्च गरेका थिए । त्यस्तै विदेश भ्रमणमा जाने नेपालीले ४४ अर्ब १० करोड रुपैयाँ खर्च गरेका थिए । विदेश भ्रमण र अध्ययनमा धेरै पैसा बाहिरिएपछि खुद सेवा आय घाटामा रहेको छ । आर्थिक वर्ष २०८०÷८१मा खुद सेवा आय ५५ अर्ब ८६ करोड रुपैयाँले घाटामा छ । अघिल्लो आर्थिक वर्ष खुद सेवा आय ७९ अर्ब ८९ करोड रुपैयाँले घाटामा थियो ।

समीक्षा वर्षमा सेवा खाताअन्तर्गत भ्रमण आय ३२ दशमलव एक प्रतिशतले बढेर ८२ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्ष ६२ अर्ब ३० करोड रुपैयाँ थियो । यस्तै भ्रमण व्यय ३१ दशमलव एक प्रतिशतले बढेर एक खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।


क्याटेगोरी : प्रविधि / शिक्षा, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x