दोलखाका नौ स्थानीय तहको ४८ करोड बढी रकम फ्रिज
दोलखा । जिल्लाका नौ स्थानीय तहमा संघ र प्रदेश सरकारबाट आएको ४८ करोड बढी बजेट खर्च गर्न नसकेपछि फ्रिज गएको छ । यहाँ रहेका दुई नगरपालिका र सात गाउँपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा ४८ करोड तीन लाख ७५ हजार रुपैयाँ रकम खर्च नगरी फिर्ता गरेको कोष तथा लेखा नियन्त्रणको कार्यालय दोलखाले जनाएको छ ।
यहाँका स्थानीय तहहरूले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा पनि ५५ करोड बढी बजेट खर्च गर्न नसकेपछि फ्रिज गएको थियो । कार्यालयका अनुसार गत आर्थिक वर्षको बजेटबाट विनियोजित ससर्त, विशेष र समपूरक अनुदानमार्फत आएको रकम फिर्ता गएको हो । पालिकाहरूले विभिन्न कारणले खर्च गर्न नसकी तथा काम सम्पन्न भएपश्चात बाँकी रहन गएको सो रकम फिर्ता गरेका हुन् । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार विभिन्न योजनाका लागि विनियोजित रकममध्ये शून्य खर्च भई पाँच करोड ४८ लाख ९७ हजार रुपैयाँ फिर्ता भएको छ भने कार्य सम्पन्नपश्चात बाँकी रहन गएको रकम ४२ करोड ५४ लाख ७८ हजार १७ रुपैयाँ फिर्ता भएको छ । फिर्ता भएको रकममध्ये सबैभन्दा बढी भीमेश्वर नगरपालिकाबाट तथा सबैभन्दा कम वैतेश्वर गाउँपालिकाबाट फिर्ता भएको कार्यालयले जनाएको छ ।
भीमेश्वर नगरपालिकाबाट ११ करोड ८३ लाख ८१ हजार रुपैयाँ फिर्ता भएको छ भने वैतेश्वर गाउँपालिकाबाट दुई करोड ६४ लाख २० हजार रुपैयाँ फिर्ता भएको छ । त्यसैगरी तामाकोशी गाउँपालिकाबाट सात करोड २४ लाख ७१ हजार रुपैयाँ, गौरीशंकर गाउँपालिकाबाट छ करोड पाँच लाख २५ हजार रुपैयाँ, विगु गाउँपालिकाबाट चार करोड ५६ लाख ५७ हजार रुपैयाँ र जिरी नगरपालिकाबाट चार करोड ४० लाख ३३ हजार रुपैयाँ फिर्ता भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मेलुङ गाउँपालिकाबाट चार करोड दुई लाख ७४ हजार रुपैयाँ, शैलुङ गाउँपालिकाबाट तीन करोड ७७ लाख ६७ हजार रुपैयाँ र कालिञ्चोक गाउँपालिकाबाट तीन करोड ४८ लाख ४२ हजार रुपैयाँ फिर्ता भएको छ ।
समग्रमा दोलखाका स्थानीय तहहरूको लागि गत आर्थिक वर्षमा प्रदेश तथा संघबाट विनियोजित रकममध्ये एक दशमल ९० प्रतिशत रकम खर्च नभई फिर्ता भएको छ भने कार्यसम्पन्नपश्चात बाँकी हुन गएको १४ दशमलब ७५ प्रतिशत रकम फिर्ता भएको छ ।
क्याटेगोरी : समाचार, बागमती प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया