Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबन्दीपुरमा ‘तीज सप्ताह उत्सव’ हुने

बन्दीपुरमा ‘तीज सप्ताह उत्सव’ हुने


काठमाडौं । पहाडकी रानीको उपमाले परिचित पर्यटकीय एवं सांस्कृतिक ग्राम बन्दीपुरमा भदौ १६ देखि २३ गतेसम्म साताव्यापी बृहत्तर ‘तीज सप्ताह उत्सव’ आयोजना गरिने भएको छ ।

उत्सव कार्यक्रमअन्तर्गत ‘बृहत् खुला तीज गीत प्रतियोगिता’, तीज सांस्कृतिक कन्सर्ट, तीज महिमा प्रवचन, समेत प्रस्तुत गरिने कार्यक्रम रहेको छ । त्यसैगरी हालसम्म बाहिरी दुनियाँसँग कम प्रचारित धार्मिक शक्तिपीठहरूको दर्शन गराइने कार्यक्रम रहेको छ । बन्दीपुरमा सिद्देश्वर महादेव, खड्गदेवी मन्दिर, बिन्दबासिनी मन्दिर, तीनधारे ज्योतिर्लिङ, सन्तानेश्वर महादेव, चामुण्डादेवी माई, थानीमाई मन्दिर, पुरानकोट देवीलगायतका मातृशक्तिरूपी देवीहरू रहेका छन् । सबै माझ यिनीहरूको महिमा एवं शक्तिबारे परिचित गराउने कार्यक्रम समेत रहेको आयोजकले जनाएको छ ।

उत्सवमा १० हजार बढी सांस्कृतिक पर्यटकहरू भित्र्याउने उद्देश्य राखिएको छ । बन्दीपुरमा क्रियाशील सबै सङ्घसंस्थाहरूको सहकार्य र ‘बन्दीपुर तीज सप्ताह उत्सव’ आयोजक समितिको आयोजनामा यस प्रकारको भव्य कार्यक्रम घोषणा गरिएको समितिका संयोजक किरण पोखरेलले बताए । चन्द्र निर्माण सेवा प्रालि पोखरा मुख्य प्रायोजक, डिजाइन स्टेसन प्रालि काठमाडौं सहप्रायोजक रहने यस कार्यक्रममा दर्जनभन्दा बढी संघसंस्थाहरूले विभिन्न विधाको लागि प्रायोजन गर्ने समेत घोषणा गरेका छन् । उत्सव कार्यक्रम सात सय वर्षभन्दा लामो धार्मिक एवं प्राचीन मन्दिर ‘माँखड्गदेवी मन्दिर’ प्राङ्गणमा हुने आयोजकले बताएको छ ।

आयोजकका अनुसार तीज गीत प्रतियोगिताको लागि कम्तीमा ३० टिमले सहभागी जनाउनेछन् भने चर्चित कलाकारहरूले बेजोड सांस्कृतिक प्रस्तुति दिँदै बन्दीपुरलाई गुन्जाउने छन् । तीज गीत प्रतियोगिताको विजेता प्रथम टिमलाई एक लाख एक हजार रुपैयाँको नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै द्वितीयलाई ७५ हजार रुपैयाँ र प्रमाणपत्र, तृतीयलाई ५० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिनेछ भजे अन्यलाई २५ हजार रुपैयाँ र प्रमाणपत्रको पुरस्कारले सम्मान गरिने जनाइएको छ । यस अवसरमा बन्दीपुर केबलकारले केबलकारको सवारीमा सांस्कृतिक पर्यटकहरूको लागि विशेष छुट समेत घोषणा गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x