पोखरामा ‘नेपाल फेसनिस्टा २०२४’ सम्पन्न
काठमाडौं । एस्याप इन्टरटेन्मेन्टको आयोजनामा ‘नेपाल फेसनिस्टा २०२४’ सम्पन्न भएको छ । अगस्ट १७ मा पोखराको टिका रिसोर्ट, लेकसाइडमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
नेपाली फेसन क्षेत्रमा ’नेपाल फेसनिस्टा’ले आफ्नो अलग पहिचान बनाउन सफल भइसकेको छ । उक्त कार्यक्रमले नेपाली फेसनलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण योगदान दिएको छ । कार्यक्रममा नेपालका फेसन आइकन प्रशान्त ताम्राकार, कलाकार एवम् नाट्य गुरु अनुप बराल, एस्याप इन्टरटेन्मेन्टका अध्यक्ष एवम् नायक सन्तोष अधिकारी, निर्देशक घनश्याम लामिछाने, ब्रान्ड कन्सल्टेन्ट पवनराज जोशी, चलचित्र निर्मात्री प्रतिमा थापा, चलचित्र चित्राका निर्माता आशीष थापा मगरलगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमलाई चर्चित कार्यक्रम प्रस्तोता जीपी तिमल्सिनाले सञ्चालन गरेका थिए ।
नेपाल फेसनिस्टाको यो दोस्रो संस्करण रहेको छ । कार्यक्रममा २० जना महिला र पुरुष मोडलले विभिन्न पहिरनमा र्याम्प वाक गरेका थिए । पहिलो सिजन २०१९ मा अस्ट्रेलियाको सिड्नीस्थित मराना अडिटोरियममा सफलतापूर्वक सम्पन्न भएको थियो । यो कार्यक्रमले नेपाली फेसन डिजाइनर, मोडल र फेसनप्रेमीहरूलाई विश्व मञ्चमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया