४२ खर्ब २६ अर्ब रुपैयाँ नाघ्यो अन्तरबैंक कारोबार
बैंक तथा वित्तीय संस्थाले न्युन ब्याजदरमा अल्पकालीन अवधिको लागि एक–आपसमा गर्ने अन्तरबैंक कारोबार ४२ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा ४२ खर्ब २६ अर्ब ४८ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका हुन् । आर्थिक वर्ष २०८०÷८१ मा वाणिज्य बैंकहरुले मात्र ३८ खर्ब ६३ अर्ब ४८ करोड र विकास बैंक र फाइनान्स कम्पनीहरुले तीन खर्ब ६३ अर्ब रुपैयाँबराबर अन्तरबैंक कारोबार गरेका छन् ।
अघिल्लो वर्ष कुल ४२ खर्ब ९४ अर्ब २२ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका थिए । जसमध्ये वाणिज्य बैंकहरुले ३९ खर्ब ४२ अर्ब र विकास बैंक तथा वित्तीय संस्थाहरुले तीन खर्ब ५२ अर्ब सात करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका थिए । राष्ट्र बैंकका अनुसार २०८० असारमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर छ दशमलव ३५ प्रतिशत रहेकोमा २०८१ असारमा तीन प्रतिशत पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०८० असारमा तीन दशमलव १४ प्रतिशत रहेकोमा २०८० असारमा दुई दशमलव ९९ प्रतिशत छ । २०८० असारमा वाणिज्य बैंकहरुको औसत आधार दर १० दशमलव शून्य तीन प्रतिशत, विकास बैंकहरुको १२ दशमलव १५ प्रतिशत र फाइनान्स कम्पनीहरुको १३ दशहमलव ४१ प्रतिशत थियो ।
राष्ट्र बैंकका अनुसार २०८१ असारमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको औसत आधार दर क्रमशः आठ प्रतिशत, नौ दशमलव ७१ प्रतिशत र ११ दशमलव २१ प्रतिशत कायम भएको छ । २०८० असारमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर सात दशमलव ८६ प्रतिशत, विकास बैंकहरुको नौ दशमलव १४ प्रतिशत र फाइनान्स कम्पनीहरुको नौ दशमलव ७९ प्रतिशत रहेकोमा २०८१ असारमा निक्षेपको भारित औसत ब्याजदर क्रमशः पाँच दशमलव ७७ प्रतिशत, छ दशमलव ६३ प्रतिशत र सात दशमलव ९३ प्रतिशत कायम भएको छ ।
२०८० असारमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १२ दशमलव ३० प्रतिशत, विकास बैंकहरुको १४ दशमलव १० प्रतिशत र फाइनान्स कम्पनीहरुको १४ दशमलव ८२ प्रतिशत थियो । २०८१ असारमा कर्जाको भारित औसत ब्याजदर क्रमशः नौ दशमलव ९३ प्रतिशत, ११ दशमलव ३४ प्रतिशत र १२ दशमलव ५५ प्रतिशत कायम भएको छ । सरकारको ब्याज अनुदानमा बैंक तथा वित्तीय संस्थामार्फत प्रवाह भएको सहुलियतपूर्ण कर्जा २०८१ असार मसान्तमा कुल एक लाख २० हजार दुई सय ७४ ऋणीलाई प्रवाह भएको एक खर्ब २६ अर्ब ८२ करोड कर्जा बक्यौता छ । यसमध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जाअन्तर्गत ४६ हजार तीन सय ५६ ऋणीलाई प्रवाह भएको ८६ अर्ब ९० करोड कर्जा छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ७१ हजार आठ सय ८३ महिला उद्यमीलाई प्रवाह भएको ३८ अर्ब २९ करोड कर्जा छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत दुई हजार ३५ ऋणीको एक अर्ब ६३ करोड कर्जा बक्यौता रहेको राष्ट्र बैंकको छ ।
क्याटेगोरी : बैंक बित्त बजार, समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया