महासंघ कोशी प्रदेश र बिहार इन्डस्ट्रिज एसोसिएसनबीच भगिनी सम्बन्ध
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र बिहार इन्डस्ट्रिज एसोसिएसन पटनाका बीचमा भगिनी सम्बन्ध कायम भएकोे छ । वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत र एसोसिएसनका अध्यक्ष केपी एस केसरी बीच मंगलबार भारतको पटनामा भएको एक कार्यक्रममा सो सम्बन्ध स्थापित गरिएको हो । कार्यक्रममा महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले निजी क्षेत्रको सबैभन्दा ठूलो सञ्जाल भएको महासंघ कोशी प्रदेशको आर्थिक विकासमा क्रियाशील भएर लागि पर्ने बताए । महासंघ कोशी प्रदेशले यस प्रदेशमा उद्योग व्यवसायमैत्री वातावरण निर्माणका लागि नीतिगत तहमा पैरवी गर्दै पछिल्लो समय कृषि क्षेत्रको रूपान्तरणको लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
बिहारको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने बिहार इन्डस्ट्रिज एसोसिएसन पटना र महासंघ कोशीबीच स्थापना हुने भगिनी सम्बन्धले अब दुईपक्षीय व्यापारलाई अभिवृद्धि गर्नुका साथै लगानीको प्रवर्द्धन हुने अध्यक्ष राउतले विश्वास व्यक्त गरे । यस सम्बन्धबाट व्यावसायिक वातावरण निर्माणका लागि नीतिगत तहमा संयुक्तरूपमा पैरवी गर्ने आधार तय भई नेपालको कोशी प्रदेश र भारतको बिहार राज्यका बीच व्यापार क्षेत्रमा लाभ पुग्ने विश्वास गरिएको छ । आगामी भदौ २७ देखि ३० गतेसम्म विराटनगरमा हुने कृषि एस्क्पोका लागि उक्त एसोसिएसनबाट सहभागिता रहनुका साथै कृषिका प्रविधि, कृषि उपज वस्तु तथा कृषि विज्ञको समेत सहभागिता रहने बिहार इन्डस्ट्रिज एसोसिएसनका अध्यक्षले प्रतिवद्धता जनाएको पनि अध्यक्ष राउतले जानकारी दिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
- सुनको मूल्य आज एक लाख ६७ हजार दुई सय कायम
- ‘सबैको पहुँचमा शुद्ध र स्वच्छ खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व’
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया