Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारटिकटकद्वारा नेपालको चार क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता

टिकटकद्वारा नेपालको चार क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता


काठमाडौं,सामाजिक सञ्जाल टिकटकले नेपालले चारवटा क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । टिकटकले प्रतिबद्धता जनाएपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले २०८० साल असोज २७ गतेदेखि नेपालभित्र लागेको प्रतिबन्ध सैद्धान्तिकरूपमा फुकुवा गरेको छ ।

टिकटकले नेपालको सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउन सहयोग गर्नुपर्ने, डिजिटल सुरक्षा साक्षरताका लागि लगानी गरी नेपाली नागरिकको साक्षरता दर बढाउन मद्दत गर्नुपर्ने, नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग गर्नुपर्ने र सामाजिक सञ्जालमा प्रयोग हुने भाषामा संवेदनशीलता अपनाउनुपर्ने सर्त राखेको थियो । ती सबै सर्त टिकटकले पूरा गर्ने प्रतिबद्धता जनाएको छ । टिकटकसहित अन्य सामाजिक सञ्जालले पनि सामाजिक सद्भाव भड्काउने कुनै पनि सामग्री पोस्ट गर्न पाउने छैन ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x