Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंकको सवारी कर्जामा नयाँ योजना

राष्ट्रिय वाणिज्य बैंकको सवारी कर्जामा नयाँ योजना


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सात दशमलव ७७ प्रतिशत व्याजदरमा सवारी कर्जा दिने भएको छ । नजिकिँदै गरेको नेपालीहरूको महान चाडपर्व उत्सव योजनाअन्तर्गत सात दशमलव ७७ प्रतिशतस्थिर ब्याजदरमा निजी सवारी (रातो प्लेट) प्रयोजनका लागि फेस्टिभ अफर अफ भेहिकल लोन गाडी कर्जा योजना ल्याएको छ ।

बैंकका अनुसार मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्नेगरी बैंकले अधिकतमा एक करोड रुपैयाँसम्म कर्जा लगानी गर्नेछ । कर्जा रकमको शून्य दशमलव ५० प्रतिशत सेवा शुल्क लाग्ने छ । गाडीको कोटेसनमा अंकित मूल्यको विद्युतीय गाडी (ईभी)को हकमा बढीमा ८० प्रतिशत र पेट्रोल÷डिजेल गाडीको हकमा बढीमा ५० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने छ बढीमा सात वर्षसम्म कर्जा अवधि दिइने यो योजना २०८१ भदौ एक गतेदेखि कार्तिक मसान्तसम्म मात्र लागू हुने छ । यो योजनाअन्तर्गत कर्जा लिइएका ग्राहकको कर्जा अवधिभर व्याजदर परिवर्तन हुने छैन । निवेदन दिएको सात कार्य दिनभित्रमा निर्णय दिने यस योजनामा गाडी कर्जासम्बन्धी अन्य प्रचलित नियमहरू आकर्षित हुनेछ ।

बैंकका अनुसार यो कर्जा बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट लिन सकिने छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा दुई सय ९४ वटा शाखा कार्यालय, तीन सय १० वटा एटीएम र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x