Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंक सुदूरपश्चिम आफ्नै भवनमा

सिटिजन्स बैंक सुदूरपश्चिम आफ्नै भवनमा


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशको सातै प्रदेशमा आफ्नै भवनबाट प्रदेश कार्यालयहरू सञ्चालन गर्ने योजनालाई साकार पारेको जानकारी दिएको छ । हालै मात्र सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका वडा नं ३ मा बैंकले आफ्नै भवनमा सुदूरपश्चिम प्रदेश कार्यालय सञ्चालनमा ल्याएपछि बैंकले यस्तो जानकारी दिएको हो । यसअघि नै बैंकले कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको वीरगञ्ज एवं जनकपुर, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल एवं नेपालगञ्ज र कर्णाली प्रदेशको सुर्खेतस्थित आफ्नै भवनबाट प्रदेश कार्यालय एवं क्लस्टर कार्यालयहरू सञ्चालनमा ल्याइसकेको छ ।

सुविधा सम्पन्न आधुनिक यस धनगढी उपमहानगरपालिका वडा नं ३ स्थित भवनबाट सुदूरपश्चिम प्रदेश कार्यालयका अलावा धनगढी शाखा समेत सञ्चालनमा आएको छ । हाल सुदूरपश्चिम प्रदेश, कैलाली जिल्ला, धनगढी उपमहानगरपालिका वडा नं ४ मा सञ्चालनमा रहेको यस बैंकको धनगढी शाखा कार्यालय स्थानान्तरण भई आन्दाजी आठ सय मिटर दूरीमा रहेको आफ्नै भवनमा स्थानान्तरण भएको हो । आफ्नै भवनबाट कारोबार सञ्चालन भएको अवसर पारी बैंकमा बिहीबार आयोजित एक कार्यक्रमका बीच बंैकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले धनगढी उपमहानगरपालिकामा आफ्नै भवनबाट शाखा कार्यालय एवं प्रदेश कार्यालय सञ्चालन गर्न पाउनु बैंकको लागि एक कोशेढुङ्गा भएको बताए । उनले सुदूरपश्चिम प्रदेश बैंकको लागि एक महत्वपूर्ण व्यावसायिक केन्द्र रहेको र आगामी दिनमा अझ उत्कृष्ट बैंकिङ सेवा सुविधाहरू लिएर आउने प्रतिबद्धता समेत व्यक्त गरे । समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरूको उपस्थिति रहेको थियो ।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरू कैलाली, डडेलधुरा, बझाङ, अछाम, दार्चुला, कञ्चनपुर र बैतडीमा गरी यस बैंकले १० वटा शाखा कार्यालयमार्फत वित्तीय सेवाहरू प्रदान गर्दैै आइरहेको छ । सुविधा सम्पन्न यीे शाखाहरूमार्फत ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा मझौला व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ ।

बैंकले देशैभर ६० जिल्लामा फैलिएका आफ्ना एक सय ९७ वटा शाखा, एक सय ६२ वटा एटीएम, तीन वटा विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाईहरूबाट करिब १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x