सामसङको फोनमा ‘सर्कल टु सर्च’ सुविधा
काठमाडौं । सामसङले ग्यालेक्सी ए सिरिज र ग्यालेक्सी ट्याब एस९ एफई सिरिजमा सर्कल टु सर्च सुविधा विस्तार गरेको छ । सामसङ र गुगलको सहकार्यमा सर्कल टु सर्च सुविधा निर्माण गरिएको हो ।
सामसङ नेपालले ग्यालेक्सी इकोसिस्टममा अझ धेरै डिभाइसहरूमा मोबाइल एआईको सुविधालाई अगाडि बढाउँदै यी दुई सिरिजको लागि गुगलमा सर्कल टु सर्चको उपलब्धताको घोषणा गरेको छ । कम्पनीका अनुसार सर्कल टु सर्चको विस्तारले सकेसम्म धेरै प्रयोगकर्तालाई उत्कृष्ट मोबाइल प्रविधि उपलब्ध गराउने सामसङ र गुगलको निरन्तर समर्पणलाई जोड दिनेछ । ग्यालेक्सी ए सिरिजमा सर्कल टु सर्चको उपलब्धतालाई पछ्याउँदै ग्यालेक्सी ट्याब एस९ एफईमा पनि यो सुविधा विस्तार गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्यालेक्सी एस२४ सिरिज सुरु भएपछि सर्कल टु सर्च चाँडै नै प्रशंसकको मनपर्ने भएको छ, यसले परम्परागत खोज्ने विधिहरूभन्दा बाहिर गएर बेग्लै अनुभव प्रदान गर्दछ ।
पछिल्लो ग्यालेक्सी जेड फिल्प६ र जेड फोल्ड६ लगायत उपकरणहरूमा विस्तार हुँदै गएपछि सर्कल टु सर्चले पूरै पानाको अनुवाद, गृहकार्यमा मद्दत, क्युआर र बारकोड स्क्यानिङ गर्ने क्षमताको उपयोगिता र सहजता बढाउन निरन्तर विकसित भएको छ । अब, ग्यालेक्सी ए सिरिज र ट्याब एस९ एफई सिरिजका साथै सामसङका उत्पादनका अन्य लाइनअपमा पनि सर्कल टु सर्चको सेवा लिन सकिने भएको हो ।
सामसङ इलेक्ट्रोनिक्सका मोबाइल अनुभव व्यवसायका प्रमुख टिएम रोअले यी अपडेट्सहरूले ग्यालेक्सी ए सिरिज र ट्याव एस९ एफई सिरिजका लागि नयाँ सम्भावनाहरू खोल्ने बताए । साथै, यसले अधिक ग्यालेक्सी प्रयोगकर्ताहरूका लागि अत्याधुनिक प्रविधि उपलब्ध गराउने कम्पनीको प्रतिबद्धतालाई सुदृढ पार्ने उनको भनाइ छ । सर्कल टु सर्च भनेको एपहरू स्वीच नगरिकन साधारण जेस्चरद्वारा कुनै पनि कुरा खोज्ने नयाँ तरिका हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया