केई इन्डस्ट्रीको नेपाल पार्टनर जनता केबुल
काठमाडौं । भारतीय बहुराष्ट्रिय वायर एन्ड केबुल उत्पादक कम्पनी केई इन्डस्ट्री लिमिटेडले जनता केबुल ई प्रालिलाई नेपालको च्यानल पार्टनरको रूपमा नियुक्त गरेको छ । कम्पनीले हालै काठमाडौंको हिल्टन होटलमा इलेक्ट्रिक इन्जिनियर, कन्ट्रयाक्टर, आर्टिटेक्चरहरूका बीचमा अन्तरक्रिया कार्यक्रम आयोजन गरी सो जानकारी दिएको हो ।
कार्यक्रममा केई इन्डस्ट्री भारतका निर्देशक अक्सित दिभिज गुप्ताले कम्पनीको बारेमा जानकारी गराएका थिए । साथै कम्पनीका कार्यकारी निर्देशक मनोज कक्करले कम्पनीको आगामी दिनको कार्ययोजना र उत्पादनको बारेमा जानकारी दिएका थिए । दुई सयभन्दा बढी इलेक्ट्रिकल क्षेत्रका विज्ञहरू उपस्थित सो कार्यक्रममा जनता केबुलका अध्यक्ष पवन कुमार अग्रवालले कम्पनीले सदैव गुणस्तरलाई आफ्नो मूलमन्त्र ठानेको बताए । सोही कारण कम्पनीको विगत चार दशकभन्दा बढीको गौरवमय इतिहास रहेको बताए ।
केई इन्डस्ट्रीका बजार व्यवस्थापक जश्वन्त सिंह रायले कम्पनीको स्थापना कालदेखि हालसम्मको आरोह आवरोह पार गर्दै कसरी भारतको दोस्रो ठूलो वायर एन्ड केबुल कम्पनी बन्यो भन्ने बारेमा जानकारी गराएका थिए । जनता केबुलका प्रवक्ता शुभम अग्रवालले यस च्यानल पार्टनरसिपले जनता केबुललाई नयाँ मार्ग प्रदान गरेको बताए । साथै, बजारमा अझै प्रतिस्पर्धी हुन ठूलो भूमिका खेल्ने बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
- सुनको मूल्य आज एक लाख ६७ हजार दुई सय कायम
- ‘सबैको पहुँचमा शुद्ध र स्वच्छ खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व’
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया