पाँचवटा रेमिट्यान्स कम्पनीको इजाजतपत्र खारेज
नेपाल राष्ट्र बैंकले पाँचवटा रेमिट्यान्स कम्पनीको इजाजतपत्र खारेज गरेको छ । विदेशी विनिमय व्यवस्थापन विभागले सूचना जारी गरेर पाँचवटा कम्पनीको इजाजतपत्र स्वतः खारेज भएको जानकारी दिएको हो ।इजाजतपत्र खारेज हुने रेमिट्यान्स कम्पनीहरूमा काठमाडौंको लाजिम्पाटमा कार्यालय रहेको राम्रो रेमिट, काठमाडौंकै गौशालामा रहेको ग्लोबल माउन्टेन रेमिट प्रालि, काठमाडौंको दरबारमार्गमा कार्यालय रहेको संसार रेमिट प्रालि, काठमाडौंको न्यूरोडमा कार्यालय रहेको ललित मनी ट्रान्सफर प्रालि र काठमाडौंको अनामनगरमा कार्यालय रहेको म्याक्स मनी ट्रान्सफर प्रालि छन् ।
नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ (प्रथम संसोधनसहित)को विनियम १३ को उपविनियम (१०) को खण्ड (ङ) र सोही विनियमको उप–विनियम (११) को खण्ड (क) र (ग) बमोजिम स्वतः खारेज हुने देखिएकाले विप्रेषण कारोबारको सिलसिलामा यी कम्पनीहरूको अनुमति खारेज गरिएको राष्ट्र बैंकको भनाइ छ । खारेज भएका यी कम्पनीहरूसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन (विप्रेषणसँग सम्बन्धित कारोबार मात्र) रकम बाँकी रहेको भए यो सूचना प्रकाशित भएको मितिले ३५ (पँैतीस) दिनभित्र यस विभागमा लिखितरूपमा जानकारी दिन नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ (प्रथम संसोधनसहित)को विनियम १३ को उपविनियम (८) बमोजिम यो सूचना प्रकाशन गरिएको हो, राष्ट्र बैंकले भनेको छ । उक्त तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा बैंक जमानत समेत फुकुवा भई जाने राष्ट्र बैंकले जानकारी दिएको छ ।
इजाजतपत्र स्वतः खारेज भइजाने रेमिट्यान्स कम्पनीहरूसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन रकम तोकिएको अवधिभित्र दाबी गरेमा मान्य अवधिको बैंक जमानतले खामेसम्मको रकम मात्र राष्ट्र बैंकले हिसाब मिलान गरिदिने राष्ट्र बैंकले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार, समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया